काभ्रेपलाञ्चोक, नेपालमा कोरोना भाइरसको दोस्रोसँगै तेस्रो लहर प्रवेश गरेको छ । दोस्रोसँगै तेस्रो लहर प्रवेश गर्न साथ धेरै मानिसहरको ज्यान जान थालेको छ । बिज्ञहरुले पनि पहिलाको भाइरस भन्दा अहिलेको निकै खतरनाक भएको बताएका छन् ।

यसरी तेस्रो लहर प्रवेश गर्न साथ नेपाल सरकारले स्थानिय तहलाई अवस्था हेरेर लकडाउन गर्न आदेश दिएको छ । यहि आदेश अनुसार काठमाण्डौ, भक्तपुर र ललितपुर तिन जिल्ला प्रशासनले पहिला एक हप्ता लकडाउन गर्योै त्यस पछि संक्रमितको संख्यामा कमि नआएपछि अर्को एक हप्ता थप गरेको छ ।

कोरोना संक्रमितको संख्या अत्याधिक बढन थाले पछि बिहाना बेलुका काम गरेर खानेहरु रोगले भन्दा भोक्ले मर्ने लागेको बताउछन् । उता संक्रमितहरु लाई पनि अक्सिजनको अभाव हस्पिटलमा ठाँउ नभए पछि धेरै मानिसको मुत्यृ हुन थालेको छ ।

गाउँ गाउँमा कोरोना भाइरस प्रेवश गरेको छ । यिनै कुराहरु लाई मध्य नजर गर्दै गाउँमा माक्स, सेनिटाइजरको कमि नहोस् भनेर माइती नेपाल काभ्रेपलान्चोकले चौरिदेउराली गाउँपालिका लाई माक्स, सेनिटाइजर, ग्लोप्स र साबुन सहयोग गरेको छ

आज माइती नेपालको तर्फबाट
१४० थान सेनिटाइजर, १००० थान माक्स, ग्लोप्स २ प्याकेट र १०० पिस साबुन चौरी देउराली गाउँपालिकाको उपप्रमुख तारा कुमारी गौतमलाई हस्तान्तरण गरिएको माइती नेपाल काभ्रेको संयोजक गायत्री गौतमले जानकारी दिनु भयो ।

चौरी देउराली गाउँपालिकाको प्राङ्गणमा गाउँपालिकाको उपप्रमुख लाई एक कार्यक्रमका बिच दुर्गा प्रसाद चौलागाईंले हस्तान्तरण गर्नु भएको छ ।

अक्सिजन र स्वास्थ्य सामग्रीहरूको अभावका कारणले धेरैको ज्यान गएको छ। यस्तो महामारीको समयमा पनि मनकारी व्यक्ति र ति संघ संस्थाहरुले बिभिन्न गाउँ समाजमा स्वास्थ्य सामग्री सहयोग गर्दै आएका छन् ।