काभ्रे – नेपाल विद्यार्थी संघ काभ्रेले बनेपामा निशुल्क औसधि वितरण कार्य सुरु गरेको छ । कोरोना संक्रमण भइ होम आइसोलेसनमा रहेका जो केही ब्यक्तिहरु लाई पनि घरमा नै निशुल्क औसधि वितरण कार्यसुरु गरेको नेपाल विद्यार्थी संघ काभ्रेका अध्यक्ष नृपेश वादेले जानकारी दिनु भयो ।

उहाँले भन्नू भयो बनेपाका कोहि पनि मानिसहरु औसधि नपाएर मर्नु पर्ने अवस्थामा नपुगुन भन्ने उदेश्यले हामी युवाहरु मिलेर निशुल्क औसधि वितरण गर्न लागेको हो । बनेपा नगरपालिका यति बेला सिल अवस्थामा छ कोहि पनि घर बाहिर निस्कन दिने अवस्था छैन । कोरोना संक्रमितको परिवारका ब्यक्तिहरु पनि क्वारेन्टाइनमा बस्नु पर्ने हुनाले उनिहरु लाई केही पनि समस्य नहोस् भनेर हामिले यो अभियान संचालन गरेका हौं ।  

कोरोना संक्रमीत भएर घरमै आइसोलेसनमा बसिरहनु भएका बिरामिहरु र अस्पतालबाट डिस्चार्ज हुनु भएर घरमै अक्सिजन आवश्यकता परेका को लागी अक्सिजनको कमि भैरहेको अवस्थामा हामीले घरमै बिजुलिबाट अक्सिजन उत्पादन गर्ने मेसिन घर घरमा लगेर दिने र संक्रमित ब्यक्तिहरुले आफु निको भएपछि फिर्ता गर्ने सर्तमा उपलब्ध गराउने अभियान संचालन गरेका हौ । देश बिदेश बाट हामी लाई यो मिसन खरिद गर्ने सहयोग गर्ने समेत अपिल गर्दछौं ।लकडाउनको समयमा घरमा कोरोना पोजेटिभ भएर आइसोलसनमा बस्नु भएको छ र औषधीको आवश्यकता परेको छ भने हामिलाइ सम्झनुहोस। हामी निशुल्क तपाईंको घर घर मै औषधी लिएर आउनेछौँ । पुनश्च: हामी कसैको फोटो खिचेर सामाजिक संजालमा हाल्ने छैनौ।
सम्पर्क नंः
नृपेश वादे: ९८५१०४२६०४ / ९८०१०४२६०४

उज्वल प्रधान: ९८४९१२५७३१ / ९८०८२२५४४८

युगेश्वर कायष्थ: ९८५१०९५०५२ / ९८०२०६१८३८

यश कुमार रन्जित: ९८५१०६१२१६ / ९८०१०६१२१६