काभ्रे- काभ्रेको चौरी देउराली गाउँपालीकामा युवा नेता किशोर गिरी र चन्द्र लामाको पहलमा अक्सिजन तथा औषधिजन्य सामाग्रीहरु धुसेनी शिवालय अस्पतालमा सहयोग गरिएको छ । बिश्वब्यापी फैलिएको कोरोनाका कारणले देशैभरी अक्सिजन तथा औषधिजन्य सामाग्रीहरु माग धेरै हुन थालेको छ । सोही कारण चौरी देउरालीमा कोरोनाका बिरामीहरुको लागि हिजो उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो । एकता पोष्टका कार्यकारी सम्पादक दिनेश गौतम संगको कुराकानीमा गिरीले भने हाम्रो पालीकामा कोभिडका बिरामीहरु समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले हामीले उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हौं ।
कोभिडका बिरामीहरुका लागि आबश्यक पर्ने अक्सिन ३ थान, कन्सन्सट्रेटर मेसिन अस्पताललाई हस्तान्तरण गरिएको बताउनु भयो । यस्तै सोही पालीकास्थित वडा नं ७ स्थित गैरी मादन जहाँ कोरोनाक जोखिम देखिएको छ । बिरामीका लागि आबश्यक पर्ने औषधि भिटामिन बि,सि,डि,इ जिंक चक्की, पारासिटामोल, सेनिटाइजर माक्स लगयतका सामाग्रीहरु बितरण गरिएको बताउनु भयो । उक्त पहलमा कुल बहादुरबहादुर तामाङ, एल बि लामा, बद्री पाठक चन्द्र लामा लगायत नेपाली काङ्ग्रेस मादन कुडारी काठमाडौ सम्पर्क समितिद्वारा गाउँपालीका अध्यक्ष दिनानाथ गौतम, वडा अध्यक्ष, स्वास्थ संयोगक एवं अस्पतालका डाक्टरहरुमाझ उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।








