गायक प्रताप दास र गायिका अनु चौधरीको स्वरमा रहेको ‘माया ‘ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई गीतमा समावेश गरिएको छ ।

प्रेम र समपर्णलाई समेटिएको कारणले आम दर्शक तथा स्रोताको मनमा गीत बस्न सफल हुनेमा आशावादी रहेको गीतका प्रस्तुत कर्ता मनोज कार्कीले बताए । गोविन्द कुईकेलको शब्द तथा डिवि लामाको सगीत गीतमा छ ।

संकल्प भुजेलको छायाँकन , तेकेन्द्र शाहको सम्पादन तथा सजन कटेलको निर्देशन भिडियोमा रहेको छ । प्रेम र रोदनको भावमा उषा उप्रेती र डिमन क्षेत्रीको अभिनय भिडियोमा देख्न सकिन्छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/JeftYBuY70s” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>