काभ्रेपलान्चोक – बनेपा हेल्थ केयरलेअनलाईन मार्फत होम आइसोलेसनमा बस्नु भएकाकोभिड संक्रमितहरुलाई चिकित्सक द्धारा स्वास्थ्य परामर्श दिने भएको छ ।
निरन्तर स्थापना कालदेखि नै जनताको स्वास्थ्यप्रति जिम्मेवार देखिएको बनेपा हेल्थ केयरले विश्वमा नै फैलिरहेको कोभिड १९ (कोरोनाभाइरस) मा केही नयाँ काम गर्न योजना बनाएको हो ।
यो भाइरसको असर पहिलो लहर भन्दाअहिलेको दोस्रो लहर एकदमै खतरनाक र चाडै सर्ने प्रकृतिको रहेको चिकित्सकहरुले बताइरहनुभएको छ । यस्तो अत्यास लाग्दो परिस्थिति खडा भइरहेको छ । यस्तो विकराल अवस्थामाआमजनसमुदायहरुलाई उच्च स्तरिय तथा प्रभावकारी स्वास्थ्य सेवा दिइरहेको यस बनेपा हेल्थ केयर प्रा.लि.ले कोभिड १९ बाट संक्रमितविरामीहरु जो घरमा नैं आइसोलेशनमा हुनुहुन्छ उहांहरुको लागी कोभिड केयर किट सहित चिकित्सकद्धारा अनलाइन टेलिमेडिसिन, भाइवर, ह्वाट्स एपको माध्यमवाट विशेष परामर्श सहितको सुलभ शुल्कमा“कोभिड केयर किट” को प्याकेज बिहीबार देखि सुरु गरेको छ ।
विरामीको सेवामा समर्पित “कोभिड केयर किटमा”होम आइसोलेशनमा बस्नुभएका संक्रमित बिरामीको लागी चाहिने सम्पुर्ण स्वास्थ्यसामाग्रीको व्यवस्था गरिएको छ । सो किटमापल्स अक्सोमिटर, डिजिटल थर्ममिटर, वाफलिने मेसिन, माक्स, पन्जा, सेनिटाइजर, सप्लिमेन्ट औंषधिसमेत रहेको छ ।
औंषधि सेवन गर्न परेम ाबनेपा हेल्थ केयरका चिकित्सक संग अन लाईन माध्यमबाट अनिवार्य डाक्टर परामर्श लिनुपर्ने छ । सोहि आधारमा विरामीको सम्पुर्ण स्वास्थ्य संग सम्बन्धित समस्याहरु बुझे पछि कुन औंषधि कसरी सेवन गर्ने भन्नेबारेमा परामर्श दिनुहुनेछ ।“कोभिड केयर किटमा”भएकाआंैषधिहरु प्रयोगमा नआएको खण्डमा फिर्ता हुनेछ । चिकित्सकसंग स्वास्थ्य परामर्श लिनको लागीबनेपा हेल्थ केयरका व्यवस्थापकको मोवाइलनम्वर ९८०३१५४६१९ मा कल गरेर अपोइन्टमेन्ट लिन सकिनेछ । संक्रमित विरामीहरुले वा उहांहरुको अभिभावकहरुले चिकित्सकहरु संग उचित सल्लाह, सुझाव समेत लिननपाइरहेको अवस्थामा बनेपा हेल्थ केयरको यो सेवाले पक्कै पनि विरामीहरुलाई सकारात्मक भइ ठिक हुन सहज हुने कुरामा विश्वस्त लिने बिहीबार प्रेस बिज्ञप्ति जारी गर्दै हेल्थ केयरले जनाएको छ ।