काभ्रेपलान्चोक – बनेपा विश्वमा रेडक्रस अभियान प्रारम्भ भएको एकसय वर्षपछि २०२० साल भदौ १९ गते का दिन नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको त्यसको ठिक तिन वर्षपछि २०२३ साल काभ्रेमा रेडक्रस जिल्ला शाखा स्थापन भई जिल्ला भर कार्यरत रहेर मानव पिडा कम गर्न होस वा विकास मुलुक कार्य गर्दै आएकोमा २०७२ साल चैत २३ गते सम्पन्न नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखा निर्वाचित भइ आउनु भएका कार्यसमिति ०७२ बैशाख १२,१३ र २९ गते को शक्तिशाली भुकम्प र त्यसको पराकम्पनले प्रभावित यस जिल्लामा अन्तर्राष्ट्रिय सँघ संस्थाको सहयोग र केन्द्र बाट आएको परियोजनाले दिएका आर्थिक अनियमितता र समयमा नै जिल्ला अधिवेशन गराउन नसकेकाले अख्तियारको पत्रका आधारमा जिल्ला प्रशासन काभ्रेले निर्वाचन स्थकित गराइ जिल्ला तदर्थ समिति २०७७ साल बैशाख १९ गते गठन गरि जिल्ला शाखामा १ वर्षका लागि पठाएको मा उक्त कार्यकाल समाप्त भएको पनि करिब २ हप्ता भएको र जिल्लामा नियमित कार्य होस वा यो कोभिडको यस विश्व महामारीमा पीडित हुँदा पनि रेडक्रस र यसका स्वयंसेवक परिचालनको त के कुरा जिल्ला शाखा नै अस्त व्यस्त भइरहनुमा केन्द्रमा अवस्थित तदर्थ समिति लाई धन्न छ । विगत रेडक्रसका विविध कुरामा प्रश्न गर्दै भाषण गर्नेहरु अहिले राजनीति नियुक्ति लिएर रेडक्रस संस्था पिपल पाते क्लब बनाउन आउनु हुनेहरु लाई के थाहा यो अन्तर्राष्ट्रिय संस्था र मानव ढुकढुकीको मुटु जिल्लामा अहिले बन्न लागेको समितिमा पनि जिल्लाका राजनीतिज्ञहरु ले आफ्नो नजिकका झोले आफ्ना भनौदाहरु लाई नियुक्तिको लिस्टमा राखेका छन। जसमा एकै उप शाखाका तीन जना छन भने कुनै नगर वा गाउँपालिका खाली राखिएको छ ।
राज्यको नितिमा भनिएको छ महिला लाई ३३% दिने नीति भए पनि रेडक्रसमा केहि पनि लागु भएको छैन र अहिलेको लिस्टमा पनि यो कतै देखिदैन । रेडक्रसमा खोइ विधि ? खोइ बिधान ? रेडक्रसमा अहोरात्र खटिनेहरु ज्युको त्यु राजनीतिका आसे पासे र झोलेहरुले पाएको नियुक्तिले के मानवको दु:खमा मलम लगाउन सक्ला ?
राजनीति जिम्मेवार वा जनप्रतिनिधि रेडक्रसमा रहन सक्दैन्न भन्ने वर्तमान आएको केन्द्रिय समितिले हिजो उठाएको मुद्दा अब लागू गर्न नसके निरन्तर बस्नुको औचित्य समाप्त भएको काभ्रे रेडक्रसकर्मीहरुको बुझाइ छ । साथै केन्द्र वा जिल्लामा अनोरियम लिएकाहरु लाई कार्वाही गर्छु भनी आएका र कार्यक्रममा भाषण गर्नेहरु अहिले उनिहरु लाई नै पदवहाली गरि पुरुस्कार स्वरुप नियुक्ति गर्नुलाई काभ्रे रेडक्रसकर्मिहरुले िस्वकार्य गर्ने देखिदैन ।







