शिब बहादुर पूर्कोटीको छिनेको कम्मर बजारमा


काभ्रेपलाञ्चोक, कोरोनाको महामारीमा पनि नेपाली गित संगित आउने क्रम जारी छ । म्युजिक नेपाल युटुब च्यानल बाट केही दिन अगाडि मात्रै छिनेको कम्मर बोलको गित बजारमा सार्वजानिक भएको छ । माया पिरतिमा आधारित यस गितमा शिब बहादुर पूर्कोटीको सुमधुर आवाज रहेको छ । शिब बहादुर पूर्कोटीले यस भन्दा अगाडि पनि धेरै गित बजारमा सार्वजानिक गरिसकेका छन् । छिनेको कम्मर बोलको लोक दोहोरी गितमा शिब बहादुर पूर्कोटी र साबित्रि श्रि परियारको आवाजमा गित बजारमा आएको छ ।

यस गितमा लय नारायण पूर्कोटीको रहेको छ भने शब्द शिब बहादुर पूर्कोटीको छ । गितमा निशान एसके, स्वयेता, साबित्रि र राजनको अभिनय देख्न सकिन्छ । यस गितको सम्पादन निशान एसके ले गरेका छन् भने बिभिन्न रमणिय ठाँउमा दिपक गिरीले गरेका छन् । मेकप सरिता, एरेन्ज बिष्णु तामाङको रहेको छ । गितको भिडियो निर्देशन निशान एसकले गरेका छन् ।https://www.youtube.com/watch?v=7I_GKrDwFTE&feature=share

प्रतिक्रिया दिनुहोस्