काभ्रेभञ्ज्याङ, जिल्लामा रगतको अभाव नहोस भनेर नेपाल रेडक्रस सोसाइटी काभ्रे–उपशाखाको समन्वय र नेपाल रेडक्रस सोसाइटी काभे्रको प्राविधिक सहयोगमा नेपाल तरुण दल तथा नेविसंघ धुलिखेल वडा नं. ९ समितिको आयोजनामा शनिबार रक्तदान कार्यक्रम गरिएको छ ।
रक्तदान कार्यक्रमा नेपाल बार एशोसियशन काभ्रेका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेसका क्षेत्रीय सभापति रमेश प्रसाद हुमागाँई, जिल्ला सदस्य रविन्द्रनाथ सिग्देल, नेपाली कांग्रेस धुलिखेल–९ का सभापति विदुरबहादुर बस्नेत, तरुण दलका अध्यक्ष प्रकाश दाहाल, नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला सदस्य राजु सिग्देल, उपशाखा सभापति बलराम सिग्देललगाएतको आतित्यता रहेको रक्तदान कार्यक्रमा ३४ जनाले रक्तदान गरेका थिए । –नव क्षितिज साप्ताहिकबाट