काभ्रेभञ्ज्याङ, धुलिखेल नगरपालिका–९ काभ्रे भञ्ज्याङमा अवस्थित नित्य चण्डेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।
परापुर्व कालदेखि स्थानियको आश्था र संरक्षणमा रहेको मन्दिर जिर्ण भएपछि केहि समयदेखि पुनर्निर्माण थालिएको र अब सम्पन्न भएको महादेव मन्दिर संरक्षण समितीका अध्यक्ष विदुरबहादुर बस्नेतले जानकारी दिनुभयो ।
शनिबार शुभ साईतमा क्षमा पुजा गरि भगवान शिबको प्रतीमुर्तीलाई बिराजमान गरि नियमित पुजा समेत सम्पन्न भएको महादेव मन्दिर संरक्षण समितीका सचिव बलराम सिग्देलले जानकारी दिनुभयो । साथै समितिले सम्पुर्ण भक्तजनहरुमा र मन्दिर पुनर्निर्माणमा सहयोग गर्नुहुने सम्पुणर्मा धन्यवाद व्यक्त गरेको छ । –नव क्षितिज साप्ताहिकबाट







