अादित्यकाे निर्देशनमा राष्ट्रिय भावकाे बिमलाकाे ‘जय नेपाल जननी’


निर्देशक अादित्य बुढाथोकीकाे निर्देशनमा साहित्यकार तथा गीतकार बिमला हुमागाईकाे राष्ट्र प्रेमकाे भावना समेटिएको गीति भिडियो ‘जय नेपाल जननी’ सार्वजनिक भएको छ ।

राष्ट्र र राष्ट्रियता प्रति समर्पित ‘जय नेपाल जननी’ बोलको गीतको भिडियोमा डा. उत्तम उपाध्याय न्यौपाने र विमला हुमागाईँको शब्द रहेको छ भने अश्मिता अधिकारीकाे सुमधुर कर्णप्रिय स्वर रहेको छ । नवीन कार्कीको लय सिर्जना, विशाल निरौलाको संगीत संयोजन रहेको छ ।

राष्ट्र प्रेम अनि राष्ट्रियतालाई सम्मान गर्नुपर्ने सन्देश बाेकेकाे गिती भिडियो ‘ जय नेपाल जननी ‘ बोध नलेज इन्टरटेन्मेन्टको प्रस्तुति उक्त भिडियोमा गीतका विमला हुमागाई र दिन्दयल रेग्मीको अभिनय रहेको छ भने दिपेन बस्नेतको सुन्दर दृश्य कैद गरेका छन् । अत्यन्तै अाकर्षक भिडियोमा यमुना पाण्डेको श्रृङ्गार, पदम सुवेदीको सम्पादन, मिलन विश्वकर्माको कलरिङ रहेको छ ।

बुढाथोकी निर्देशित भिडियोलाई बोध नलेजको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । https://m.youtube.com/watch?v=Mb4CV3homC4&feature=youtu.be

प्रतिक्रिया दिनुहोस्