काभ्रेपलाञ्चोक, नेपाली लोक गित संगीतको क्षेत्रमा नयाँ नाम हो प्रतिक्षा केसी ‘पारु ‘ । बिगत २ बर्ष देखी गायनमा क्रियाशिल उनी लोकदोहोरी गीत बर्दिया राम्रो बडैया तालैले बाट आफ्नो सांगीतिक यात्रा सुभारम्भ गरेकि हुन् । उनले हाल सम्म विभिन्न लय तथा शब्द सर्जकको गित गरी ६ वटा गीतहरु बजारमा पठाइसकेका छिन् भने अन्य थुप्रै गीतहरु अझै बजारमा आउने तयारीमा रहेको गायिका प्रतिक्षा केसी ‘पारु ‘ ले बताइन् । नेपाली गित संगितको बजार दिन प्रतिदिन धारासाहि वन्दै गएको अवस्थामा पनि लोक गित संगितलाई हामीले बचाएर राख्नुपर्छ भन्ने सोचमा उनी गायन यात्रामा लागेकी छिन । बर्दियाको माछागढमा जन्मिएकी उनी सानै उमेर देखी गायनमा विशेष रुचि राख्ने गरेको उनका साथी हरुको भनाई रहेको छ । आफनो आवाजलाई संगितिक आकाशमा प्रवाह गर्न पाउदा आफु लाई वेग्लै हौसला मिलेको उनी बताउछिन् । नेपाली कलाकारितामा क्रियाशिल रहेको नयाँ आगन्तुकलाई खोज्ने क्रममा नव क्षितिज साप्ताहिको लागी अरविन्द्र गौतमले नव गायिका प्रतिक्षा केसी ‘पारु ‘ सगँ गरेको कुराकानी

आजकाल के गदै हुनुहुन्छ ?
म आजभोली काठमान्डौमा नै रहेर नेपाली लोक गित संगितमा क्रियाशिल रहेको छु । विभिन्न कार्यक्रम र गीत संगीत मै ब्यस्त छु । साथै नयाँ गीतको तयारीमा रहेको छु ।

कलाकारितामा तपाई कसरी प्रवेश गर्नुभयो नी ?
सानै उमेरदेखी बर्दियामा हुदाँ विद्यालय स्तरका कार्यक्रममा पनि सहभागि हुन्थे विशेषत मलाई सानै उमेरमा रेडियो , टेलिभिजनमा बझने गित संगितमा विशेष ध्यान जाने गर्थियो अनि सुरुमा रहरै रहरमा गित गाउने इन्छा जाग्दै गयो अनि पछि गएर नेपाली कला संगितमा पनि लाग्नुपर्छ है जस्तो महसुस भयो अनी मैले गित लेख्न गाउन अनि गित संगित प्रतिमोह बढदै गयो ।

तपाईको बाल्यकाल कहाँ वित्यो नी ?
बर्दियाको माछागढा भन्ने ठाउँमा बाल्यकाल वित्यो । म सानै उमेर देखी ज्यादै चन्चले प्रकारको केटि भएर होला सवै सगँ मिलि हाल्ने र प्रतियोगितात्मक कार्यक्रमको कुरा सुन्ने वितिकै सहभागि हुने हकि स्वभावको बानी थियो मेरो । सानै देखी हरेक सास्कृतिक कार्यक्रममा गित गाउने गर्थे । अनि विद्यालयमा हुदाँ खुव कविता लेखियो ।

गित सङ्गितमा लाग्ने सोच कहिले बन्यो र कहाँ बाट सुभारम्भ भयो ?
म सानै देखि अतिरिक्त क्रियाकलापमा सकृय थिए, गित गजल बक्तित्वकला बादबिबाद हाजिरीजबाफ आदि इत्यादिमा सधै पुरस्कृत भैरहन्थे, गित संगीत मै लागौंला भन्ने सोच त थिएन तर नाम हुने सबैले चिन्ने काम गर्छु भन्ने थियो ,त्यसै क्रममा रहरै रहरमा काठमान्डौमा आएर गीत रेकर्ड गराए । साथीहरुको प्रेरणमा गित गाउने जोस बढेर आयो, आएपछि गित संगित सिक्नको लागी रहर लाग्यो अनि कलाकारिता क्षेत्रमा लाग्ने निर्णय गरे ।

प्राय लेडिज कलाकारहरु अलि धमण्डी हुन्छन रे हो ?
हा हा हा मानिसमा हरेक कुराको धमण्ड त हुन्छ नै । तर म माअरु जस्तो धमण्डि बानि व्यावहार चै छेैन । अलि मिलनसार भएर होला सवैको माया , ममता र स्नेह मैले पाएको छु ।

यहाँ द्वारा स्वरबद्ध गरिएको पहिलो गित कुन हो ?
अन्तै बर्दिया राम्रो बढैया तालैले , दोश्रो परदेशीको दशैँ तिहार गीत रहेछ । मेरो पहिलो गीतलाई आम दर्शक तथा स्रोताले निकै मन पराउनु भयो जुनबाट मैले सुरुवाती चरणमा आफुलाई आम दर्शक तथा श्रोता माझँमा आफनो आवाजको कला प्रस्तुत गर्ने अवसर पाएको थिए । जुन गित नेपाली मिडियामा राम्रो सगँ छाप पार्न सफल भयो । र आगामी दिनमा पनि संगितमा लागेर केही गर्न सकिने आधार बन्ने गित बन्न सफल भयो ।

तपाईको पहिलो गीतले अवार्ड पनी हासिँल गर्न सफल भयो हैन ? आफुले गाएको गीतबाट अवार्ड पाउदा कस्तो महसुस भयो नी ?
मेरो पहिलो गीत बर्दिया राम्रो बडैया तालैले गीतबाट सर्वप्रथम नेपाली आर्ट एण्ड कच्चर म्युजिक अवार्डबाट सर्वोकृष्ट नव लोकदोहोरीको अवार्ड हात पार्न सफल भयो जुन मेरो सागितिक यात्राको लागी निकै अविस्मणिय क्षणको रुपमा रह्यो । आम दर्शक तथा स्रोताले मनपराउनुभएको गीतबाट नै यति ठुलो प्रगती हासिल गर्न पाउदा आफै खुशीको कुरा हो ।

तपाइँ बिबाहित हो कि अविवाहित ?
हा हा हा हजुर म अबिबाहित हुँ । अव चै केटा खोज्ने विचारमा छु । हा हा हा बुढि छु जस्तो लाग्यो र हजुरलाई ।

अविवाहित हुनुहुदो रहेछ कतिको प्रेम प्रस्ताव आउछ नी ?
दिन दिनै नयाँ नयाँ साथी हरुले प्रेम प्रस्ताव राख्नुहुन्छ तर यस विषयमा मैले खोजे अनुसारको मानिस चै हालसम्म पाएको छैन ।

हरेक दिनको दैनिकी कसरी सुरु हुन्छ ?
म विहान उठने वितिकै आफनो नित्य कर्म गर्छु जुन सवै मानिसले गर्नुहुन्छ । त्यस पछि म एक घन्टा गितको साधना गर्छु , हाम्रो अनार्थ बालबालिकाको आश्रम छ त्यसमा अधिकाश समय विताउछु र फुसर्दको बेलामा म गित संगित रेकड गर्न जान्छु ।

सुरुवातमा तपाईलाई कस्को हौसला मिल्यो ?
मलाई सुरुवातमा मेरा साथीहरु र घर परिवारबाट प्रेरणा मिलेको थियो ।

तपाई प्रेममा कतिको विश्वास गर्नुहुन्छ ?
म प्रेममा धेरै विश्वास गर्छु । हामी कलाकार भएपछि सवैले माया गर्नुहुन्छ त्यसलाई हामीले सकारात्मक रुपमेै लिनुपर्छ होला जस्तो मलाई लाग्छ ।

तपाई कस्तो साथी मन पराउनुहुन्छ ?
मलाई असल साथी धेरै मनपर्छ मनपर्छ । यस्तो उस्तो भन्ने कुनै क्राइट एरिया चै छैन मेरो लागी जो साथी सुख का साथै दुखमा पनि सहयोगको भावना होस त्यस्तो साथी मलाई औधि मनपर्छ ।

मेकअपमा कतिको खर्च हुन्छ ?
लेडिज हुँ सामान्य खर्च भै हाल्छ नी हेैन र । तर अनावश्यक फजुल खर्च गर्ने बानि चै छैन मेरो ।

आफ्ना श्रोता तथा दर्शकहरुको राती कत्तिको फोन आउँछ ? अनि कतिको मोवाइलमा खर्च गर्नुहुन्छ ?

म सागितिक क्षेत्रमा क्रियाशिल भएकाले होला फोन त सुभचिन्तकको आइनै हाल्छ । मेरो कामलाई डिस्टव हुने गरि चै आएको छैन । आफु पनि फुसर्दको समयामा अनाथ आश्रममा क्रियाशिल हुने भएकाले होला त्यति बास्ता हुदैन । मोवाइल बोके पछि सामान्य खर्च त भै हाल्छ नी हौन मासिक ५०० लाग्छ मेरो ।

विवाह मागी की प्रेम गर्ने ?
मागेर पनि अहिलेको समयमा विवाह हुन्छ त । भागेर गर्ने हो हा हा हा हा मागी विवाह लाई नै प्राथमिकता दिने विचारमा छु ।

राती राती आफ्ना शुभचिन्तक बाट फोन आइरहदा घरमा सदस्यको प्रतिक्रिया कस्तो आउछ ?
राति कहिले काहि अलिक बढि नै कल आउने गर्छ कहिले काहि दिक्क महशुस पनि हुन्छ तर साथी हरुले अहिले सम्म अफटयारो हुने किसिमले चै कल गर्नु भएको छैन ।

बजारमा छाडा गीतहरु आई रहेका छन् । यसलाई के भन्नु हुन्छ ?
हामी एक जनाले मात्र भनेर भएन । दोहोरीका संघ संस्थाहरुले पनि आवाज उठाउने साथै कलाकारहरु पनि एक भए पछि मात्र छाडा गीत हटाउन सकिएला । नत्र गाह्रो छ । क्षणिक बिक्नु भन्दा लामो समय टिक्नु राम्रो हो ।

छाडा गीतलाई निर्मुल पार्न के गर्नु पर्ला ?
कोही कलाकारहरु जति भनेनी मान्दैनन् । मेरो जिवनमा किन हस्तक्षेप गर्नुहुन्छ भनेपछि केही संघ संस्थाले वास्ता गरेनन् । पुराना संस्कृतीलाई जोगाउनु हामी सबैको दायित्व हो । छाडा गीतले संस्कृतीलाई धरासायी बनाउछ । यस प्रती हामी सबै कलाकारहरु सचेत रहन जरुरी छ ।

अबको तपाईको लोकदोहोरी गीत कस्तो प्रकारको छ त ?
अब आउने गीत विशुद्ध रुपमा पञ्चेबाजामा रहेको गीत रहेको छ । जसमा मौलिक पनको आभाष दिने खालको रहेको छ ।

तपाईको आवाजमा रहेका गीतहरु कुन कुन हुन ?
बर्दिया राम्रो बडैया तालैले , परदेशीको दर्शैँ तिहार , लाउन चोखो माया , पिरतीको गोली लगायतका गीतहरु रहेका छन ।

नव आगन्तुक कलाकारहरुलाई के भन्नु हुन्छ ?
सर्ब प्रथम त आफुमा के प्रतिभा छ त्यो बुझ्न जरुरी छ । यस क्षेत्रमा आउदा केही कुरा सिकेर, बुझेर मात्र आउदा राम्रो हुनेछ ।

अन्तमा तपाईका शुभचिन्तकहरुलाई के भन्न चाहनु हुन्छ ?
गीत संगीतलाई माया गरिदिनुहोला । प्रतिक्रिया जनाईदिनु होला , सल्लाह सुझाव दिनु होला । मेरा केही कमी कमजोरी छन् भने बताईदिनु होला । बताईदिनु भयो भने मैले मेरो कमजोरी सुधार्ने मौका पाउने छु यही भन्न चाहन्छु ।