मछिन्द्रकुमार लामा
वेथानचोक क्षेत्र सरोकार समाज
कहिले काहीँ त लाग्छ, दुई चार अक्षर पढ्नु, राजनीति गतिविधि बुभझ्नु र सामाजिक अभियान्ता बन्नु पनि कम चुनौतीपूर्ण काम होइन । तर हामी जस्ता सचेत नागरिकले यो काम नगरे कसले गर्छ भन्ने पनि लाग्छ । केही दिनअघि एउटा समाचार आएको थियो– यसपालिको आरोहण याममा झन्डै ३५ सय किलो फोहोर संकलन गरिएको छ । यो वर्ष झन्डै साढे चार सयले सगरमाथा आरोहण गरेका थिए । सरकारले प्रत्येक आरोहीले ८ केजी फोहोर संकलन गरेर ल्याउनुपर्ने नियम बनाएको थियो ।
सगरमाथा प्रदुषण नियन्त्रण समितिका अध्यक्ष आङ दोर्जे शेर्पाले संकलित फोहोरमध्ये १३ सय किलो फोहोर नष्ट गरिसकिएको र नष्ट गर्न नमिल्ने फोहोर काठमाडौं ल्याउने तयारीमा रहेको बताएका थिए ।
त्यस्तै, २०७० साल जेठ ५ गतेदेखि वागमती नदी सफाई महाअभियान सुरु भएको थियो । अहिले २०७८ साल बैशाख ९ गते हो । करीब ५० लाख जनसंख्या बसोवास भएको उपत्यकाका नदी फोहोर हुनु स्वभाविक हो । तर हामीले त्यस अभियानबाट अझै सिक्न सकेका छैनौं कि, नयाँ गन्तव्य कसरी स्वच्छ, सफा, सुन्दर राख्न सकिन्छ ? दैनिक ६–७ सय आन्तरिक पर्यटक जाँदा दैनिक कति फोहोर उत्पादन हुन्छ ? र, दैनिक कति फोहोर संकलन गर्ने गरिएको छ ? हामीसँग कुनै तथ्यांक छैन । यही हो हाम्रो फोहोर सफाई अभियान ? आन्तरिक पर्यटक आउँनु हाम्रो लागि खुशीको कुरा हो । उनीहरु आउँदा देश–विदेश गाउँ ठाउँले प्रचार पाउँछ भन्ने कुरा हामीले अझै ख्याल गर्न सकेको देखिएन ।
केही दिनअघि काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाको नारायणथान (३०१८ मिटरको उचाइ) मा बैशाख ४ गते हरिमाई फाउण्डेसन र भिजन एडभेन्चर नेपालले सफाई अभियान सञ्चालन गरेका थिए । हरिमाई फाउन्डेसनका तर्फबाट अध्यक्ष प्रकाश तिमल्सिनाले सफाई अभियानको नेतृत्व गरेका थिए । अर्को संस्था भिजन एडभेञ्चर नेपालका संयोजक अर्जुन तिमल्सिनाले सफाई अभियानको नेतृत्व गरेका थिए । भिजन एडभेन्चर नेपालमा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य लगायतका नेताहरू थिए ।
दुबै संस्थाका गरी करिब ५५ जना सफाई अभियन्ताहरू वेथाञ्चोक–३ को नारायणथान गएका थिए । सरसफाई पश्चात संकलित फोहोर हरिमाई फाउन्डेसनले नष्ट गर्न आफु बसेकै ठाउँको होमस्टेलाई जिम्मा लगाएको थियो । भिजन एडभेञ्चर नेपालका अभियन्ताहरूले संकलित फोहोर खाल्टो खनेर पूर्ने उदेश्यका साथ ढुंखर्क बजारमा ल्याएका थिए ।
३ हजार १८ मिटर उचाइबाट संकलित फोहोर करीब ७५ मिनेटको दुरि सम्म बोकेर १९ सय मिटरसम्म ल्याइएको थियो । सवारी साधनबाट बेथाञ्चोक गाउँपालिका भवनको कम्पाउन्ड भित्र कुनै ठाउँमा नारायणथानबाट ल्याइएको फोहोर राखिएको थियो । संस्थाले संकलित फोहोरलाई गाउँपालिकाको कार्यालयमा ल्याएका थियाै । हामिले गाउँपालिकालाई अपमान गर्न ल्याएका थियनौं। हाम्रो उद्देश्य पवित्र थियो।आगोलगाई छोडेर आउँ डढेलो लाग्छ, सबै आगोबाट नष्ट हुने फोहोर थिएन। केहि फोहोर खाल्टो खनेर गाड्नु पर्ने थियो। गाउँपालिका नजिकै डोजर भएको र गाउँपालिका लाई अनुरोध गरि खाल्टो खन्न लगाई फोहोर गाड्ने उद्देश्य मुताबिक हामिले फोहोर ल्याईएको थियौं। यो बिषय लाई हामिले प्रष्ट रूपमा स्थनियलाई बुझाउन सकेनौं। हामीलाई भोक लागेको थियो। केहि खानाको लागि चारदोबाटोमा गयौं। त्यहाँ गाउँपालिका प्रमुख भेट भयो। फोहोरलाई पूर्नको लागि खाल्डो आवश्यक भएको हुनाले खोलाको छेउमा काम गरिरहेको डोजरलाई भनिदिन बेथानचोक गाउँपालिका प्रमुख प्रेमबहादुर तिमल्सिनालाई यहि बिषयमा निवेदन गर्यौ। उहाँले बिषय बुझ्नुभयो र हामीलाई तपाईहरू जानुहोस् फोहोरलाई खाल्टो खनेर पुरिदिन्छौ भन्नुभयो। हामिले प्रमुख ज्युलाई धन्यवाद भन्दै हाम्रा ब्याग लगाएतको सामान लिन हामि थलि भन्ने ठाउँ मा गयौं।
भन्ने भनाई भिजन एडभेन्चर नेपालमा संलग्न अभियन्ताहरूको थियो।
केही स्थानीय ब्यक्तिहरूले फोहोर गाउँपालिका प्रमुखलाई हस्तान्तरण गर्ने अरे भन्दै गलत प्रचार गरेको पनि पाइयो । पालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले उक्त फोहोर अनकुल मिलाएर आफुले नष्ट गर्न लगाउने भन्दै अभियन्ताहरूलाई फर्कन अनुरोध गरिसकेका थिए । त्यस अनुसार अभियन्ताहरूले फोहोर गाउँपालिका कार्यालयमा राखी फर्किएका थिए । आफ्नो सफाई अभियान सफल भएपछि हरिमाई फाउन्डेसनका सम्पूर्ण अभियन्ताहरू भने फर्किसकेका थिए भने भिजन एड्भेन्चर नेपालमा संलग्न ने बि संघ पुर्व केन्द्रीय सदस्यहरू सहितका नेताहरू भने फर्कने क्रममा थिए । सोहि टोलि फर्कने क्रममा टोलीलाई वडा नम्बर २ को कार्यालय अगाडी रोकियो । वडा नम्बर–३ का वडा अध्यक्ष दिलबहादुर श्रेष्ठको नेतृत्वमा गएको करीब ७०–८० जनाको समूहले भिजन एडभेञ्चर नेपालका अभियन्ताहरूलाई २ नम्बर वडा कार्यालय अगाडि बाटोमा रोकेर दुर्व्यवहार गरिरहेको दृष्य हेरिरहेका दर्शकहरुमध्ये कसैले केही बोल्न सकिरहेका थिएनन् । भीडबाट उनीहरुले गाउँपालिकामा फोहोर किन फ्यालेको ? भनेर प्रश्न गरिरहेका थिए । यीनीहरुलाई खाल्डो खनेर पुरौं भनिरहेको, चिच्याइरहेको भीडबाट सुनिएको थियो । नेवी संघका पूर्व केन्द्रीय सदस्य तथा नेपाली काँग्रेसका नेताहरू भरत खड्का र पुजन गन्धर्वले सो फोहोर आफुहरूको गाउँपालिकामा फाल्ने नियत नभएको र गाउँपालिका प्रमुखसँग समन्वय गरी त्यहाँ राखिएको बिषय पटक पटक निवेदन गरिरहेका थिए । तर त्यसतर्फ वडा अध्यक्ष श्रेष्ठले कुनै सुनुवाई गरिरहेका थिएनन् । उल्टै आफैं जाई लाग्दै, झम्टिदै दुर्व्यवहार गरिरहेका थिए । फोहोर जहाँबाट ल्याएको हो त्यही (वेथानचोक नारायणथान मन्दिर परिसरमा) नपुर्याएसम्म हामी तपाईँहरूलाई यहाँ बाट छोड्दैनौं भनिरहेका थिए ।
भीडभित्रबाट गाउँपालिकामा फोहोर राख्नेलाई कालोमोसो दल्ने, जुत्ताको माला लगाउनेसम्मको धम्किहरू आइरहेको थियो । नेविसंघका नेताहरूले भने हाम्रो कुनै गलत नियत नभएको र यसबाट यहाँहरूको आत्मसम्मानमा चोट पुगेको भए हामीलाई क्षमा गर्नुहोस् भनेर पटक पटक क्षमा याचना गरिएको दृष्य मोवाइलमा कैद भएको थियो ।
तपाई पनि नेपाली काँग्रेसबाट विजयी हुनु भएको हो, हामी नेपाली काँग्रेसकै भातृसंगठन नेविसंघका जिम्मेवार नेताहरु हौं हाम्रो मनसाय र विषय बुझिदिनुहोस् वडा अध्यक्षज्यू, भन्दा त्यसतर्फ कुनै चासो दिदै नदिई एकोहोरो जंगी मात्र रहेका थिए उनी ।पटक पटक त्यो फोहोर जहाँबाट ल्याएको हो, त्यही पुर्याउनुहोस् भनिरहेका थिए । भीडले पनि नारायणथान सफाई अभियन्ताहरूलाई दुर्व्यवहार गरिरहेको थियो । त्यति बेलासम्म भिड नियन्त्रण भन्दा बाहिर जान लागेको थियो ।
म लगायत केही पालिकाको प्रतिष्ठालाई ख्याल गर्नेहरु चिन्तित भयौं । बेथानचोक गाउँपालिकामा फोहोर थुपार्ने नियत अभियन्ताहरूको नभएको बुझिएपछि थप बहस गर्नु नपर्ने र सो संकलित फोहोर वेथानचोक नारायणस्थानमा लैजानु भन्ने भाषा एकदमै गलत र त्रुटीपुर्ण भएको भन्दै स्थानिय युवाहरुले प्रतिकार गरेका थिए । त्यसपछि भिड नियन्त्रणमा आउन करीब एक घण्टा लागेको थियो । त्यसपछि काठमाडौंबाट गएका नारायणस्थान सफाई अभियन्ताहरू फर्किएका थिए ।
प्रतिवाद गर्ने म लगायत युवाहरुसँग पूर्वाग्रह राखी वडा अध्यक्ष दिलबहादुर श्रेष्ठले उनीहरुलाई कुनैपनि हालतमा कारवाही गर्न गाउँपालिकाको बैठकमा प्रमुखलाई दबाब दिईएको जानकारी प्राप्त भयको थियो।
गाउँ ठाउँको प्रतिष्ठा जोगिएकोमा धन्यवाद दिनु पर्नेमा उल्टै कारवाहीको माग राख्नुले नारायणथान सफाई अभियान्ताहरु र सरोकार समाजलाई आश्चर्यमा पारेको छ । वडा अध्यक्षले नेवी संघ वेथाञ्चोकलाई मछिन्द्र लामाको बिरूद्धमा विज्ञप्ति निकाल्न पटक पटक टेलिफोनबाट दबाब दिइएको थियो । तर उनले अहिलेसम्म बिज्ञप्ति भने निकालेका छैनन् ।
सरसफाई अभियन्ता तथा नेवीसंघका नेताहरूमाथि दुर्व्यवहार भैरहेको सहन नसकी भीडको नेतृत्व गरेका वडा अध्यक्षसहित स्थानीय केही व्यक्तिलाई सम्झाउने कोशिसको नेतृत्व मैले गरेको थिए त्यो कुरा सत्य हो । जसका कारण त्यस दिन दुर्घटना हुन पाएन । केही अघि मात्र नारायणथानको भीरबाट केयुका शिक्षक लडेर मृत्यु भएको खबरले आन्तरिक पर्यटनमा कमी आएको छ, त्यसको तीन सातापछि नेविसंघ नेताहरुको त्यो पवित्र उद्देश्यमा सघाउनु त कता हो कता अपमान मात्र होइन, बाटो छेक्ने, गन्तव्यमा पुग्न नदिने, अपमान गर्ने, माफी मगाउनेजस्ता घोर आपत्तिजनक काम गर्ने अभियानको नेतृत्व वडा अध्यक्ष स्वयंमले गर्नु बेथानञ्चोक निवासीकै अपमान हो भन्ने मलाई लागेको छ । यसले वेथानचोकको पर्यटन विकासमा कस्तो सन्देश दिन्छ? हामि सचेत हुन जरूरी छ।







