बालकृष्ण गुरुङको ‘को हौँ भन तिमी’ पछि ‘नजाउ पुतली’ सार्वजनिकको तयारीमा


बाल कृष्ण गुरुङ र नवराज गुरुङको प्रस्तुतीमा ‘को हौँ भन तिमी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। बालकृष्ण गुरुङको आवाजमा सजिएको उक्त गीतको भिडियोसहित अप्रिल १मा GURUNG NAVRZ नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

मबिंद्र राईको रचना तथा संगीत रहेको गीतको भिडियोमा नवराज गुरुङ र नायिका/मोडल गीता दुंगानालाई फिचर्ड गरिएको छ ।

बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशन साथै प्रकाश खड्काको छायांकन रहेको भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका हुन्।

त्यसैगरी, यस गीतका लगानीकर्ता जस्टिन/बाल गुरुङ हुन भने गीतमा ब्याकग्राउण्ड म्युजिक सुनिता थेगिमले दिएकी छिन्।

यस्तै, गायक बालकृष्ण गुरुङकै आवाजमा अर्को नयाँ गीत “नजाउ पुतली” पनि छिट्टै सार्वजनिक हुँदैछ। बजारमा लेराउने तयारीमा रहेको उक्त गीतको भिडियोमा नवराज गुरुङ र नायिका सगुन शाहिलाइ हेर्न पाइनेछ।

प्रतिक्रिया दिनुहोस्