‘तिम्रो रगत रातो भए’ सार्बजनिक


sharethis sharing button
इन्दु दनुवारको नया गीत ‘तिम्रो रगत रातो भए’ सार्बजनिक भएको छ । सुरज लामिछानेको शब्द रचना रहेको गीतमा गायक निशान भट्टराईको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतले ठूलो जात र सानो जातको कथालाई चित्रण गरेको छ । उक्त गीतले गाउँघरमा हुने सानो जात र ठूलो जातको माया प्रेम र त्यसभित्र आइपर्ने कठिनाइहरू प्रस्तुत गरेको देख्न सकिन्छ ।

कृष्ण पौडेलको निर्देशन रहेको गीतको भिडियोमा यादब देभाकोटा (सरापे), इन्दु दनुवार र युबराज खत्री मुख्य भूमिकामा छन् । सुजन श्रेष्ठद्वारा छायांकन गरिएको उक्त भिडियोको सम्पादन युबराज खत्रीले गरेका छन् । भिडियो तारा सीतारा प्रोडक्सन यूट्युब च्यालनमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्