लोकप्रिय मोडल तथा सर्जक चक्र बमले”ए जुनु”बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । यो गीतमा साथमा मनिस खड्का, रोहित देउवा र प्रवेश दाहालले साथ दिएका छन् । केशब बडुको संगित संयोजन रहेको गीतमा शब्द संगीत तथा स्वर स्वयम् चक्र बमको रहेको छ । गौरभ गिरीको निर्देशन रहेको म्युजिक भिडियो नबराज उप्रेतीले छायांकन गरेका हुन् भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा रचना गौतम र चक्र बमको म्युख्या भूमिका सहित अरु कलाकारको पनि अभिनय रहेको छ । पछिल्लो समय बमका एक पछी अर्को गित निकै नै लोकप्रिय बन्दै गएका छन् । बमको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरेको गित यतिबेला सामाजिक सञ्जाल तथा टिकटकमा निकै नै भाईरल बन्दै गएको छ ।

> हेर्नुस भिडियो