काभ्रेपलाञ्चोक, समाजमा भएको विकृती र बिसंगतिहलाई समेटेर तयार गरिएको टेलिसिरियल कुचिकारको भाग आठ सार्वजानिक गरिएको छ । यस टेलिसिरियलमा संञ्चारकर्मी तथा समाजसेवी राजन थापा लाई नेताको रुपमा देख्न सकिन्छ । गाउँको हुने खाने, राजनिति गर्न, समाजमा केही परेमा र्हर्ने खालको भुमिका रहेको छ ।
अबिनाश ठकुरी, रितिका लामा, अनिता श्रेष्ठ, उत्तम ठकुरी, सत्यादेवी थापा, कमल प्रसाद रेग्मी, किरण के .सि, राजु कार्की, बिनिता खत्री, राजन थापा, नकुल शाह, हिरा श्रेष्ठ, मुना ठकुरी, रजनी खड्का, मनिषा थापा, रक्षा चालिसे आदि कलाकारहरु अभिनीत टेलिसिरियल “कुचिकार“ फागुन महिना देखि एजे फिल्म टिभी युटुब च्यानलबाट प्रसारण भैरहेको छ ।
एजे फिल्म प्रोडक्सन प्रा.ली द्वारा निर्माण गरिएको यो सिरियल प्रत्येक बिहीबार एजे फिल्म टिभी बाट सार्वजानिक हुने गर्दछ् । अभिनास खनालको छायांकन, प्रतिमा ठकुरीको श्रींगार, बिस्नु जिसीको सम्पादन, मनोज चौलागाईंको संगीत र चन्द्रलाल तमाङ्कको गीत रहेको छ भने कुचिकार सिरियल अबिनाश ठकुरीको कथा तथा निर्देशनमा आउने गरेको छ । यो सिरियलले समाजमा भएको विकृती र बिसंगतिलाई उजागर गरेको छ । यो सिरियल मार्फत समाज परिवर्तन गर्न टेवा पुग्ने एजे फिल्म प्रोडक्सनका प्रोप्राइटरले जानकारी दिनु भएको छ । कुचिकार टिमले समाज परिवर्तन गर्न सकोस् हाम्रो शुभकामना छ ।