सिन्धुपाल्चोक जिल्लाको बाँडेगाँउ ३ तिनघरेमा जन्मनुभएको गायिका रमिला न्यौपाने आाज भोलि गित संगितमा क्षेत्रमा निकै व्यस्त हुनुहुन्छ । हुनत विश्वमा फैलिएको कोरोना भाइरसले गित संगित क्षेत्रलाई लामो समय सम्म प्रभाव पार्यो भाइरस केही कम हुन साथ गित संगितमा चहलपहल बढेको छ । आज भोलि चलेका कलाकारलाई भ्याई नभ्याई छ । हाम्रो घर त नुवाकोट गीतबाट संगितीक क्षेत्रमा अगाडी बढनुभएको गायिका रमिला न्यौपान एक चर्चित गायिका हुन् । आज त भेट्न आउँदिन है कालु, झमझम दर्कियो पानी, ॐ शिव शंकर शंकर भोला, आशीर्वाद माग्छु लगायतका न्यौपानेले गाएको धेरै गीतहरुले निकै चर्चा कमाए । प्रस्तुत छ नव क्षितिज साप्ताहिको लागी अरबिन्द्र गौतमले गायिका रमिला न्यौपानेसँग गरेको बिशेष कुराकानी
० तपाईको सुरुको अवस्था बारेमा बताउनु पर्दा कसरी कलाकारिता क्षेत्रमा प्रवेश गर्नुभयो ?
गाउँमा जन्मिएर गाउँले परिबेशमा हुर्किएकि बुबा कृष्ण लोचन न्यौपाने र आमा सान्दानी न्यौपाने कि कान्छी छोरी मं सानै उमेरदेखि गीतसंगीतमा रुची राख्दै आएको थिए । आफ्नो बाल्यकाल गाउँमा नै विताएर एस.एल.सी सम्म गाउँकै स्कुलमा अध्ययन गरी स्कुल कार्यक्रमहरुमा लोक गीतहरू गाएर आफ्नो सांगीतिक यात्रा सुरु गरेकी म उच्च शिक्षाको लागि राजधानी भित्रिए । पारिवारिक सपोर्ट नपाए पनि गीत संगीतमा स्कुल जीवन देखि नै रुची राख्दै आएकी थिए । विगत १३, १४ वर्ष अगाडिदेखी लोकगीत संगीतलाई देश तथा विदेशमा प्रस्तुत गर्दै आएकी म संगीतको बारेमा पूर्ण जानकारी हुन जरुरी छ भनेर विद्यालय भर्ना गरी संगीतको बारेमा शिक्षा लिँदै सिक्दै आएको र यो स्थितीमा आइपुगेकी छु । लोकगीत संगीतलाई देश तथा विदेशमा उजागृत गर्न आफुले सकेको प्रयास र प्रवर्धन गरेकी छु । लोकगीत संगीतसंग सँगै शब्द रचना र संगित पनि गर्दै आएको छु लामो समयदेखि यो क्षेत्रमा अनवरत रुपमा लागिरहेको छु । यसैक्रममा नेपालमा लगभग सबै जिल्लामा आफ्नो प्रस्तुति दिइसकेको छु भने विदेशमा जापान बेलायत अस्ट्रेलिया युरोपका अधिकांश देशहरु लगायत दुबई बहराइन थाइलेन्ड कतार लगायत धेरै देशमा लोक गीत संगीतको प्रस्तुति दिइसकेकी छु ।
रेडियो नेपालबाट २०६१ सालमा भ्वाईटेष्ट पास गरी लगभग डेढ सय भन्दा धेरै गीतमा आफ्नो आवाज दिएकी छु । २०६१ सालमा रेडियो नेपालबाट स्वर परिक्षण उत्तीर्ण गरी गान्धर्व संगीत विद्यालयबाट गायन शिक्षा हासिल गरेकी छु । विभिन्न लोकदोहोरी प्रतियोगितामा भाग लिई प्रथम स्थान हासिल गरि गरेकी छु । अवार्डहरुमा हात पारेको छु । लोकगीत प्रतियोगितामा धेरै ठाउँमा सम्मानित भएकी छु । विभिन्न संगीतसँग सम्बन्धित संघ संस्थामा आबद्ध रहेर यो क्षेत्रको प्रवर्धन प्रचार गर्दै आइरहेकी छु । लोक संगीतसँग सम्बन्धित विभिन्न संघसंस्थामा रहेर लोकगीत सम्बन्धी योगदान दिइरहेको छु ।
० गित संगीत क्षेत्रमा लाग्ने सोच बिचार कहाँ कता बाट आयो ?
सानैदेखि गीतसंगीतमा रुची राख्ने म स्कूले जीवन देखि कलाकारिता क्षेत्रमा प्रवेश गरी प्रोफेसनल रुपमा उच्चशिक्षाका लागि राजधानी आएपछि यस क्षेत्रमा प्रवेश गरेकी हुँ । सानैदेखि रेडियो नेपालमा लोक गीत सुन्थे अग्रज गायक गायिकाहरुको त्यसैबाट उत्प्रेरित भई यो क्षेत्रमा लाग्ने इच्छा र सोच बनाएकी हुँ ।
० पछिल्लो समयमा तपाईंको कुन गित बजारमा देख्न सकिन्छ ?
पछिल्लो समयमा मैले बजारमा ल्याएको गित पशुपतिमा तीज गीत र पिर नभएको कोही छैन हुन् ।
० तपाई कस्तो खालको गित बढि गाउनु हुन्छ ?
गाउनत सबै प्रकारको गीत गाउँछु तर पनि विशेषत लोकदोहोरी क्षेत्रमा पूर्णरुपमा भिजेको लोक तथा दोहोरी गायिका र यसै क्षेत्रमा अनवरत रूपमा यात्रा गरि लगभग १३, १४ वर्षदेखि आइरहेकी छु ।
० हाल सम्म आइपुग्दा कति गित गाउनु भयो कति वटा गित बजारमा सार्वजनिक भएका छन ?
हालसम्म आइपुग्दा करिब तिन चार सय वटा जति गीत गाएकी छु र आफ्नै २५, ३० वटा एल्बम बजारमा पस्किएकी छु ।
० तपाईंले गाउनु भएको सबैभन्दा चर्चाको गित कुन हो ? र त्यो गित बाट तपाईं लाई यसरी दर्शक श्रोताले चिन्ने अवसर पाए ?
मैले गाएका धेरै गितहरु चर्चामा रहेका छन् । तीमध्ये आज त भेट्न आउँदिन कालु झमझम दर्कियो पानी, पंखा चलाई देउ, आर्शिवाद माग्छु लगायतका हुन् ।
० तपाईं कोहि कसैको प्रेरणा बाट गित संगीत क्षेत्रमा आउनु भएको हो ?
अग्रज कलाकार पुरानो लोक गीतहरू सुनेर उहाँहरुकै गितसंगित बाट प्ररेति भई यस क्षेत्रमा आएकी हुँ ।
० गित संगीत क्षेत्र बाट जिबन चलाउन सकिदैन नि किन यस क्षेत्रमा आउनु भएको ?
अहिलेको अवस्थालाई हेर्ने हो भने गीत–संगीतमा जिउन अलि गाह्रो छ । तर म करिब १५,१६ वर्षदेखि अनवरत रुपमा यस क्षेत्रमा छु मलाई जिउन गाह्रो छैन । मेहेनत गरेर निरन्तर रुपमा यो क्षेत्रमा आउनेहरु सबैले यसै क्षेत्रबाट सजिलै जीवन धानिरहेका छन् । निरन्तरता र धैर्यता लगनशिलता मेहेनत गरेर निरन्तर रुपमा यो क्षेत्रमा लागिरहेको छु । स्टेज प्रोग्रामहरु देशविदेशमा कार्यक्रमहरुबाट सजिलै जीवन जिउन सकिन्छ तर निरन्तरता र लगनशीलता हुनुपर्दछ ।
० गित संगीत क्षेत्रमा नव कलाकारले विकृति ल्याएका छन नि ?
विकृतिका कुरा गर्दा हरेक क्षेत्रमा नेगेटिभ सँगै पोजेटिभ जोडिएको हुन्छ । सँगीतमा पनि सबैले बिकृति ल्याएका छैनन् र बिकृति ल्याउनेलाई पनि अग्रज कलाकारहरु र संघसंस्थाले खबरदारी गरिरहनुभएको छ र मलाई लाग्छ सबैले राम्रो सोच राख्नुस् राम्रो सिर्जना ल्याउनुहोस् विकृति सबै हटेर जान्छ । नव कलाकारहरुले लोकगीत संगीतका बारेमा बुझेर मात्र यो क्षेत्रमा आउनुस् समाजमा पच्ने शब्द लय सृजना गर्नुहोस् भन्न चाहान्छु ।
० पैसा लगानि गरेर कलाकार बन्नेलाई तपाईको सुझाव ?
पैसा लगानी गरेर कलाकार बन्नेहरुको क्षणिकका रुपमा कलाकार हुन्छन् । गित संगितको संवद्र्धन, प्रवद्र्धन गर्न सक्दैनन् उहाँहरुलाई गीतसंगीतमा दियो रुपमा टिक्न यस क्षेत्रको बारेमा सिक्न र सिकेर गीत संगीतमा आउन अनुरोध गर्दछु ।
० भाबी योजना के बनाउनु भएको छ ?
भविष्यमा लोक गीत संगीतमा अनवरत रुपमा लागिरहने छु यसै क्षेत्रमा रहेर सास रहुन्जेलसम्म जानेको र नजानेको कुरा सिक्दै लोकगीत संगीतलाई देशविदेशमा प्रचारप्रसार गर्दै जाने छु ।
० अन्तमा ?
अन्तमा दुई चार कुरा राख्न दिनुभएकोमा धेरै धेरै धन्यवाद र सम्पूर्ण दर्शक श्रोताहरुकोमा मैले गाएका गित संगितहरू सुनिदिनुहोस् दिनुहोस् र कमीकमजोरी छ भने मलाई सल्लाह र सुझाव दिनुहोला लोकगीत लाई माया गरीदिनु होला ।








