काभ्रेपलान्चोक – कास्की जिल्लाको पाेखरा नगरपालिका वडा नं १३ काे आरूवामा एउटै खसेको ५२ परिकार वनाईएकाे छ ।
ग्लाेवल नेपालीज सेफ फेडेरेसनका केन्द्रीय अध्यक्ष भान्से लक्ष्मण भण्डारीको नेतृत्वमा त्यहाँ पुगेका सेफहरू ग्लाेवल नेपालीज सेफ फेडेरेसनका केन्द्रीय महासचिव माेहन गजुरेल ,कार्यालय सचिव सेफ विकास डंगाेल,कार्यकारिणी सदस्य सेफ पशुपति पौडेल ,सेफ फेडेरेसन पाेखराका सचिव सेफ राजकुमार तामाङले खसीको ५२ प्रकारका परिकार तयार गरिएका थिए ।
गुल्मि तथा नेपालकाे विभिन्न जिल्लामा जन्मिएर युके तथा युरेपियन मुलुकमा वसाेवास गरिरहेका नेपालीहरूकाे साझा संस्था एभरेस्ट ईनका संस्थापक पशुपति भण्डारी समुहले संचान गरेकाे एभरेस्ट ईन कृषि फर्ममा विविसि माष्टर सेफ च्याम्पियन सेफ सन्ताेष शाहकाे स्वागतकाे लागि नेपाली स्वादमा खसिकाे परिकार तयार गर्नुका साथै स्वागत गरियकाे थियाे । खसिकाे पक्कु,कसौंडी ,एकपाक,च्याकु,कचिला,छाेंयला,सेकुवा,तावा,भुटन,खागाे,पाेख्रेली मृगौला,ला स्या दुम्वा,पाेलेकाे,डामेकाे ,सेकेकाे,झानेकाे,गिदि,कान,जिव्राे,टाउकाे,खुट्टि,फाेक्साे भरेकाे,ह्याकुल्ला,कार्ङुङ्ग,रक्ति,तास लगायतका परिकारहरू रहेका थिए । सेफ सन्ताेष शाहले एउटै परिकार कृषि फर्ममा उपलब्ध स्राेत साधनवाट लाेकल स्वादमा तयार पारेकाेमा सेफहरू तथा फर्म संचालकलाई धन्यवाद व्यक्त गरेका थिय,उनले तयार गर्दे गरेकाे कुक वुकमा ती परिकारका रिसेपिहरू संलग्न गर्ने प्रतिवद्धता व्यक्त गरे । परिकारकाे संवाद लिन नेपाल टुरिजम एण्ड म्यानेजमेन्ट कलेज पाेखराका प्रिन्सिपल प्रकाश रेग्मी ,हाेटल वराहीका महाप्रबन्धक राजकुमार के.सि. लगायतका व्यक्तिहरूले खसिका परिकारकाे स्वाद लियका थिय ।








