५६ जनाको सीप परीक्षण


नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, व्यवसायिक शिक्षा तथा तालिम अभिबृद्धि (इभेन्ट) परियोजना अन्तर्गत एन.आई.टि. भि.टि. द्वारा काभ्रेको तेमाल गाउँपालिका वडा नं.५ नारायणस्थान मा संचालित ३ महिने निशुल्क डे«श मेकर (सिलाई कटाई) तालिमका १९ जना र रोशि गाउँपालिका वडा नं.७, कटुञ्जेवजारमा ३७ जना सहभागिहरुका लागि सि.टि.ई.भि.टि. को राष्ट्रिय सीप परिक्षण समिति बाट खटिइ आउनु भएका म्यानेजर तथा एसेसर रविकृष्ण सुवाल र एसेसर रत्न काजी कपालीद्वारा

राष्ट्रिय सीप परिक्षण सम्पन्न गर्नु भएको थियो भने केन्द्राध्यक्षमा अर्जुन प्रसाद सापकोटा हुनुहुन्थ्यो । सीप परिक्षणमा पास भएमा पशिक्षार्थि सहभागिहरुले सि.टि.ई.भि..टि.को तह—१, को प्रमाण पत्र पाउनेछन् । वेरोजगार युवाहरुलाई रोजगारमूलक सीपमूलक तालिम दिएर ज्ञान र सीप दिई दक्ष प्राविधिक वनाई रोजगारमा लगाउने यस परियोजनाको उद्देश्य अनुरुप अव ५६ जना नै सहभागिहरु रोजगारमा लागि कम्तिमा पनि मासिक रु.१०००० दस हजार कमाउने अपेक्षा गरिएको तालिम संयोजक अर्जुन प्रसाद सापकोटाले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्