जिल्ला खेलकुद विकास समितिले शनिवार मात्रै दुई चरणमा खेल खेलाउदै नव खेलाडीको मनमा बस्न सफल भएको छ । खेलमा ईश्या राख्ने खेलाडीहरुलाई पनि प्रोत्साहन दिनपर्दछ भन्ने हेतुले पहिलो चरणमा खुल्ला डौड प्रतियोगिता गरिएको थियो भने दोस्रो चरणमा उपराष्ट्रपति खेलकुद प्रतियोगिता राखिएको थियो । राष्ट्रिय खेलकुल परिषद्, बागमती प्रदेशका सदस्य सचिव सुर्य लाल भण्डारीको प्रमुख अतिथित्यमा काभ जसमा पुरुषतर्फ ५ कि.मि. दौड गराईएको थियो भने महिलातर्फ ३ कि.मि. दौड गराईएको थियो । पुरुषमा समिर रसाईलि प्रथम, उमेश खवास दृतीया तथा विशेस तामाङ तेस्रो भएका थिए । महिलातर्फ अस्मीता श्रेष्ठ प्रथम, रिमा वाईबा दृतिय तथा मिना भुलान तेस्रो भएको जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख अवि केसर कट्टेलले जानकारी दिनुभयो । प्रथम हुनेलाई नगत पुरस्कार रु. ५०००, दृतिया हुनेलाई नगत पुरस्कार रु. ३००० र तेस्रो हुनेकालागि रु. १५०० रहेको थियो ।
त्यस्तै यो खेल सकिएसँगै पनौती रंगशालामा विभिन्न चरणमा खेल खेलाईएको छ । महिला र पुरुष दुबैलाई कबड्डि, टेबल टेनिस, रनिङ, ब्याटमिन्टन, टेक्वान्डो, कराते, उस्सु गरि विभिन्न खेलमा जिल्लाको लागि उपराष्ट्रपति कममा भाग लिन छनोट समेत गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानविर वाईबाले जानकारी दिनुभयो । कार्यक्रमलाई संवोधन गर्दै राष्ट्रिय खेलकुद परिषद् बागमति प्रदेशका सदस्य सचिव सुर्य लाल भण्डारीले प्रदेशले खेलमय काभ्रे बनाउनका लागि गर्नु पर्ने सबै जिम्मेवारी पुरा गर्ने बताउनु भएको छ ।








