
बनेपा – काभ्रे जिल्ला कोशिपारी चौरी देउराली गाउपालिका ५ तुसारे पिता रमेश कुमार गौतम माता कमला देबी गौतम को र दादा भाउजू दिदि को प्यारो मोडल सबिन गौतम भन्छ्न होलि हिन्दु सस्कृतिमा प्रतेक बर्ष होलि पुर्णिामाको दिन होलि मनाइन्छ । यो नेपाल भारत अन्य रास्ट्रमा रहेको हिन्दुहरु को महान पर्व चाड हो ।यो चाड वसन्त ऋतुको फाल्गुन महिनामा मनाइन्छ । होलि रङ्गहरुको चाड हो । होलिको दिन मानिसहरुले एक अर्कामा रङ्गहरु खेलेर रंगिन बनाउछन । होलि खेल्ने दिनभन्दा अरु एक दिन पहिला रातो होलिको दहन गरिन्छ ।राती होलिका दहन गरिसकेपछी बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथी रङ्ग फाल्ने चलन छ ।
नेपालमा साना – साना नानीहरु देखि बृद्धबृद्दाहरु संग सबै जना होलि खेलेर मज्जा लिन्छ्न भने युबा युबर्ती हरु गित गाउदै नाच्दै होलि खेल्ने गरेको पाहिन्छ । भनिनछ कि होलिको दिन पुरानो कुटता समाप्त गरेर दुस्मनी हरु बिर्सेर यक अर्कासित मिल्छन र आत्मियता बढाउछन । साथै येस पर्व लाई फाल्गुन महिनामा मनाउने फगुवा पर्व पनि भनिन्नछ । हामिले होलि पर्व घरपरिवार साथिभाइ एक आपसमा रङ्ग मा रंगियर खुशि साथै उल्लास पुर्बक मनाउने फाल्गुन पुर्णिामा को अवसरमा मनाइन्छ । पहाड देखि तराइ र गाउँ देखि सहर सम्म केटा केटि युबायुबती हातमा रङ्ग र रंगिन घोल पदार्थ यक आपसमा छ्यापाछ्याप गरेर होलि मनाउछन । होलिमा गित गाउदै बजा बजाउदै रमाइलो गर्दै आपशी रिशिभिलाइ बिर्सेर उत्साह र उमंगका साथ मनाइने रंगिन पर्वको रुपमा लिइन्छ ।
फाल्गुन सुक्ल अस्ठमिको दिन काठमान्डौ बसन्तपुर अगाडि चिर विशेष रुपले सजायको लिङ्गो गाडेपछि होलि सुरु भयको मानिने गरिन्छ फागु पर्व पुर्णिामा को राती उक्त चिर लिङ्गो लाई ढालेर जलायपछी होलि बिधब रुपमा समाप्त हुन्छ ।तराइ जिल्लाहरुमा भने पहाडको पर्व मनायको भोलिपल्ट मनाइने गरिन्छ ।
होलिमा कुहियको अन्डा, लुगा कपडा धुयको पानी , नुहायको पानी , ढलको पानी , कालो मबिल आदि लोलाभित्र राखेर हान्ने बिकृती पनि बढ्दो छ । तेस कार्यले हाम्रो पर्बलाइ नकारात्मक असर पर्दछ । भने तेस्ता कार्य हरु हामी कोहि – कसैले नगरौ । कोभिट १९ लाई पनि ध्यान दियर होलिलाइ सभ्य र आत्मियता बढ्ने तरिकाले मनाउ २०७७ सालको होलि पर्वको अवसरमा देश तथा बिदेशमा रहनु भयका सम्पुर्ण नेपाली दाजु भाइ दिदी – बहिनी हरुमा हार्दिक शुभकामना भन्न चहान्छु ।








