बनेपा –  ईलाका प्रहरी कार्यलय बनेपाका प्रमुख प्रहरी निरिक्षक याेगेन्द्र तिमल्सिनाले अाफ्नाे जन्माेत्सबकाे अबसरमा सेवा घरमा रहेका बुवा-अामा, छोराछोरीहरुकाे लागि नगद रु ५,००० र फलफुलहरु सहयोग गरिएको हो ।आफ्नो ३५ औ जन्मोत्सव सामाजिक उत्तरदायित्व कार्य गर्ने क्रममा धुलिखेलमा रहेको आश्रममा सहयोग गर्न पाउँदा खुशी रहेको प्रहरी निरीक्षक तिमल्सिनाले जानकारी दिए ।

मानवीय सेवा लिएर मानव कल्याण समाज (सेवा घर) लाई सहयोग पुर्‍याने प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनालाइ सेवा घर परिवारले धेरै-धेरै साधुवाद एंव जन्माेत्सबकाे सुस्वास्थ्य दिर्घायु, उत्तराेतर प्रगतिकाे अनगिन्ती शुभाकामना ब्यक्त गर्दै सम्पुर्ण परिवारमा सुख, शान्ति, समृद्धि दिर्घायूको सेवा घर परिवार तर्फबाट हार्दिक मंगलमय शुभ-भावना व्यक्त गरिएको छ ।