काभ्रेपलान्चोक – ललित कुमार थापाको निर्देशनमा ‘लभ काईट’ बन्ने भएको छ । राजदेवी प्रोडक्सन इन्टरटेनमेन्ट प्रा.लि को प्रस्तुती र प्रियल फिल्मस्को सहकार्यमा मनोज राराहाङ राईको चलचित्र ‘लभ काईट’ बन्ने भएको हो ।

आज गठ्ठाघरको दुर्गा माई मन्दिरमा चलचित्र’ लभ काईट’ को शुभमुहुर्त गरेर फिल्मको सुटिङ सुभारम्भ भएको निर्देशक थापाले बताए । निर्देशक थापाकै कथा रहने फिल्ममा स्क्रीप्ट पनि थापाकै रहनेछ । चलचित्रमा निर्मात्री पूर्णिमा खालिङ राईको लगानी रहने छ भने नयाँ अनुहारको बाहुल्यता रहेको चलचित्रलाई पुर्बि नेपालको धरान, इटरी, इलाम, उदयपुर र झापामा छायाङ्कन गरिने छ । चलचित्रका लागि हालसम्म केही कलाकार छनोट गरिएको छ भने बाकीको छनौट गर्दै जाने टिमको तयारी छ ।

चलचित्रमा कलाकारहरू प्रीतिका शर्मा, मनोज राराहङ राई, राजन सिंह श्रेष्ठ आदि कलाकारको अभिनय रहनेछन ।सस्पेन्स लभस्टोरी जनरामा निर्माण हुने फिल्ममा एक्सन पनि रहनेछ ।