रेडक्रस काभ्रे उपशाखाको साधारणसभा


काभे्रभञ्ज्याङ, नेपाल रेडक्रस सोसाइटी काभ्रे उपशाखाको २७ औं वार्षिक साधारणसभा
शनिवार काभे्रभञ्ज्याङमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि काभ्रे वारका पूर्व अध्यक्ष रमेशप्रसाद हुमागाईले रेडक्रस अभियान मानविय सेवाको अभिन्न अंग भएको बताउनु भयो । कार्यक्रममा बद्रीप्रसाद हुमागाई, रामप्रसाद हुमागाई, मोहनप्रसाद हुमागाई, सागर हुमागाई लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उपशाखाका सभापति बलराम सिग्देलको अध्यक्षता र सचिव राजकुमार हुमागाईको सञ्चालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष विश्वतारा सिग्देले राख्नु भएको थियो । सचिव रामकुमार हुमागाईले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष आदर्श सिग्देलले १ लाख ३८ हजार ९ सय ७२ रुपैया बराबरको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्