काभ्रेपलान्चोक – बनेपा जुनियर जेसीजका निवर्तमान अध्यक्ष जेसी रशिक शाक्य नेपाल जेसीज वर्ष २०२१ काे लागि राष्ट्रिय जुनियर जेसीज क्षेत्र ‘ग’ संयोजकमा मनोनीत भएका छन्।

बनेपा जुनियर जेसीज वर्ष २०२१ का अध्यक्ष निर्जन गाैतम का अनुसार सन् २०१४ मा बनेपा जुनियर जेसीजकाे शाखा सदस्य को रुपबाट आफ्नो जेसीज यात्रा प्रारम्भ गरेका शाक्यले सन् २०१६ मा उपाध्यक्ष, २०१७ मा कार्यकारिणी उपाध्यक्ष, २०१८ र २०१९मा महासचिव भएर २०२०मा अध्यक्षकाे रुपमा आफ्नो कार्यकाल भब्य र सभ्यताका साथ सम्पन्न गरेका थिए। शाक्य वर्ष २०१८मा स्व राम श्रेष्ठ उत्कृष्ट शाखा सदस्य पुरस्कार बाट सम्मानित भएका थियाे ।

उनी नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनाल ज्युबाट नेपाल जेसीजकाे विधान परिच्छेद ८काे धारा ८.४ बमोजिम नेपाल जेसीज वर्ष २०२१ काे राष्ट्रिय जुनियर जेसीज क्षेत्र ‘ग’ संयोजक पदमा मनोनीत भएका हुन् ।