काभ्रेपलान्चोक – रङ्गकर्मी तथा नक्कली प्रचण्डकाे रुपमा परिचित हाँस्य अभिनेता घनश्याम गाैतमले म्युजिक भिडियाेमा समेत हात हालेका छन् । सिरियल र स्टेज तथा महाेत्सबहरुमा नेताहरुकाे प्रस्तुति बाट दर्शकलाई हँसाउँदै अाएका गाैतमले म्युजिक भिडियाे समेत निर्देशन गरेका हुन् । हाँस्य बिधामा लाग्नु अगि गित लेख्दै म्युजिक भिडियाेमा अभिनय गर्दै अाएका उनी अचले निर्देशन तिर बढि सकृय भएका छन् । उनकै शब्द रहेकाे गितमा निम सँगितकाे कम्पाेज तथा गगन सरगमकाे स्वर रहेकाे छ ।
क्यामरामा नवराज खड्का तथा खेम थापा मगर रहेका छन् भने माेडल कलाकारहरुमा बिराज खड्का, स्मारिका खनाल, मनकुमार बि क पशुपती दँगाल तथा दिपेश लाखेले अभिनय गरेका छन् । त्यस्तै श्रृँगारमा नरेश राज खरेल प्राेडक्सन कन्ट्राेलरमा सानू घायल निर्माता सुरेश अछामी रहेका छन् । उक्त म्युजिक भिडियाेकाे सुटिङ भक्तपुरकाे डाेलेश्वर भिलेज रिसाेर्टमा गरिएकाे छ । भिडियाे चाँडै नै रिलिज हुने निर्देशक गाैतमले जानकारी दिएका छन् ।








