बनेपा, पछिल्लो समयका चर्चित गायक तथा सर्जक दिनेश श्रेष्ठले अहिलेको राजनितिक घटन क्रम लाई ध्यानमा राखी व्यंग्यात्मक राष्ट्रिय गित सुन सरकार लिएर आएका छन् ।
उनी पछिल्लो समयका काठ क्षेत्रका निकै चर्चित गायक तथा सर्जक हुन् उनले र्सिजना गरेका गित अहिले टिकटक देखी लिएर सामाजिक संजालमा भाइरल छन् । एक पछि अर्को गरि उनले नयाँ नयाँ दर्शक श्रोताको मन मुटुमा बस्न सक्ने गित गाउने देखी लिएर र्सिजना समेत गरेका छन् ।
श्रेष्ठ गित संगित क्षेत्रमा लागेको धेरै समय भयो तर नेपालमा कोरोना भाइरस ंआयो सरकारले लकडाउन लगायो त्यस पछि गायक दिनेश श्रेष्ठले गायका गित र र्सिजना गरेका गित एकका एक भाइरल हुन पूग्यो । चौतर्पिm सामाजिक संजालमा देखीन लाग्यो यसरी एक पछि अर्को गरी उनले लिएर आएका गित भाइरल भए यही गितहरुको अपार सफलता पछि उनको अर्को राष्ट्रिय गित सुन सरकार गित पनि बजारमा सार्वजानिक भएको छ ।
नेपालको राजनितिक घटना क्रम र नेताहरु माथि व्यंग्यात्मक रुपमा प्रस्तुत भएर चर्चित गायिका प्रिति आले र उही गायक तथा सर्जक दिनेश श्रेष्ठको आवाजमा गित बजारमा आएको हो । गितमा लय तथा शब्द श्रेष्ठको नै रहेको छ भने एरेन्ज कृष्ण लामिछानेको रहेको छ । गित रेकर्ड मंगलम् रेकर्डिङ्ग स्टुडियोमा गरिएको छ ।
सुन सरकार गितको भिडियोमा प्रिति आले, दिनेश श्रेष्ठ, पुण्य गौतम, शिवराम भण्डारी, दिपेन्द्र श्रेष्ठ, रुशमा सापकोटा र अरु धेरै कालाकारहरु देख्न सकिन्छ । भिडियो निर्देशन प्रविन थापाले गरेका छन् भने छायाँकन नवराज घिमिरेले गरेका छन् ।








