काभ्रेपलाञ्चोक, काभ्रेको कोशिपारी भुम्लु गाँउपालिकामा जन्मनुभएको मोडल लक्ष्मण भण्डारी आजभोली गित संगित क्षेत्रमा निकै व्यस्त हुनुहुन्छ । भण्डारीको एक पछि अर्को गरी नयाँ नयाँ भिडियो सार्वजानिक हुने क्रम जारी छ । पछिल्लो समयमा भण्डारी बिभिन्न अर्वाड बाट पनि अवार्डट हुनु भएको छ । उहाँको अभिनयमा भर्खरै मात्र यो माया पिरती बोलको गित पवन खतिवडा युटुब च्यानल बाट सार्वजानिक गरिएको छ । यो माया पिरती बोलको गितमा पवन खतिवडा र गिता देवीको सुमधुर स्वरमा आवाज रहेको छ । गितमा लक्ष्मण भण्डारी, पवन खतिवडा, राजन सिह, सुमित्रा खड्काको अभिनय देख्न सकिन्छ । भण्डारीको औठी हिराको, बोतलको पानिले जोगी बनायो, झयालैमा एैना छ, केही यादले, दोहोरी गाउछौ त, हलो जोत्नु पर्छ, रोजेको फुल, अन्जुली लगाएतका दर्जन भन्दा बढी गित बजारमा देख्न सकिन्छ । उनले अभिनय गरेको केही गितले निकै चर्चा कमाएको छ । आज भोलीे अभिनयको साथ साथै निर्देशक पनि गर्ने थालेका छन् । नेपाली कथानक चलचित्र मेरो दिल छ पोखरा देखी लिएर बिभिन्न गितका म्युजिक भिडियोमा निर्देशन गदै आएको जानकारी दिनु भयो । प्रस्तुत छ नव क्षितिज साप्ताहिको लागी अरबिन्द्र गौतमले मोडल तथा निर्देशक लक्ष्मण भण्डारीसँग गरेको बिशेष कुराकानी
० आज भलि केमा व्यस्त हुनुहुन्छ ?
आज भोलि चलचित्र लगायत बिभिन्न म्युजिक भिडियो निर्देशन तथा मोड्लिङ कार्यमा व्यस्त छु । नयाँ नयाँ म्युजिक भिडियोहरु आइरहेका छन् सबैलाई हेरेर प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछु ।
० गित संगित क्षेत्रमा कसरी र कहिले देखि प्रवेश गर्नु भयो ?
मलाई गित संगितमा सानै देखी निकै रुचि थियो । गाउँ घर तिर हुदाँ पनि अभिनय गर्ने गरेको थिए । स्कुलमा बिभिन्न कार्यक्रम हुदाँ भाग लिएर प्रथम भएको धेरै उदाहरण पनि अहिले सम्म ताजा नै छन् । घर परिवार साथी भाईहरुको साथ सहयोगले गर्दा कलाकारीता क्षेत्रमा लागेको छु । म कलाकारीता क्षेत्रमा लागेको चार बर्ष जति भयो ।
० सानोमा सोच्नु भएको थियो म ठुलो भएपछि मोडल बन्छु भनेर ?
उम भर्खरै मात्र पनि तपाईलाई मैले भने सानो देखीको चाहाना भएको करणले पनि म ठुलो भएपछि कलाकार बन्छु भन्ने चाहीँ लागेको थियोे । ठुलो भएर मोडल नै बन्ने सपना बोकेरे हिडेको थिए । केही गर्ने सोच बिचारको साथमा आएको छु हेदै जाउँ कतिको सफल भइन्छ ।
० अब नायक बन्ने सोच राख्नु भएको छ कि म मोड्लिङ मात्रै गर्छु भन्ने छ ?
होइन सबैको चाहान रुचि फरक फरक हुन्छ । म पनि केही गर्छु भनेर यो क्षेत्रमा प्रवेश गरेको हो । आए देखी अहिले सम्म दुई दर्जन जति भिडियोमा अभिनय गरेको छु । अब फिल्म तिर पनि जाने सोच बिचार गरेको छु । सह निर्देशक बनेर त फिल्म निर्माण पनि भयो अब नायक बन्न बाँकी छ ।
०कसको प्रेरणा बाट गीत संगीतमा लाग्नु भयो ?
मलाई गित संगितमा सानै देखी रुचि चाहाना थियो । बिस्तारै गित संगित प्रति आकर्षण बढदै गयो । यस क्षेत्र सँग सम्बन्धित गायक गायिकाहरु संगको नयाँ नयाँ भेटघाटले गर्दा एक दिन गायक भोजराज काफ्ले र लक्ष्मण चौलागाईसंगको कुराकानी पछि यो क्षेत्रमा पहिलो चोटी पहिला टेक्ने अवसर पाए ।
० तपाईंले अभिनय गर्नु भएको चर्चाको गीत कुन हो ?
करिब चार वर्षको अन्तरलमा मैले धेरै गितमा अभिनय गरे त्यस मध्य गायक भोजराज काफ्लेको औठी हिराको बोलको गीतले निकै चर्चा कमायो ।
० कलाकारिता क्षेत्र बाट तपाई आफ्नो भबिस्य देख्नु हुन्छ ?
अबस्य देख्छु तर पनि साइट जब भैदियो भने अभैm राम्रो हुन्छ जस्तो लाग्छ ।
० निकै चलेका कलाकारहरु त यस क्षेत्र बाट बाच्न सकिदैन भनेर छोडिरहेका छन तपाईं किन फेरि यहीँ क्षेत्रमा लाग्नु भएको ?
असम्भब भन्ने केहि छैन, काम लाई निरन्तरता दिनु पर्छ । यहाँ धेरै सफल कलाकार पनि छन् । लगनशिल भएर मेहनत गर्यो भने अबस्य पनि मिठो फल पाइन्छ ।
० पछिल्लो समय नायिका तथा मोडलहरुले अङ्ग प्रदर्शन गरेर चर्चा कमाउने गरेका छन , के चर्चामा आउन अङ्ग प्रदर्शन गर्नु पर्छ हो ?
अङ्ग प्रर्दसन गरेर चर्चा कमाउनु भन्नु र आफ्नै खुट्टामा बन्चरो हान्नु एउटै हो । किनकि कलाकारिता क्षेत्रबाट इज्जात कमाउनु पर्छ बेज्ज्बत होइन । अङ्ग होइन आफ्नो कला देखाउनुस् मेहनत गर्नुस अबस्य पनि चर्चा कमाउनु हुन्छ ।
० अहिलेसम्म कति वटा गितमा अभिनय गर्नु भयो ?
अहिले सम्म लगभग दुई दर्जन जति गीतमा अभिनय गरिसकेको छु । केही गित सार्वजानिक हुने क्रममा छन् । केही गितको सुटिङ भैरहेको छ ।
० अभियानको साथ साथै निर्देशन गर्ने सम्भावना छ ?
खाने मुखलाई जुँगाले छेक्दै न नि होइन र ? आफुले जानेको काम जतिबेला जहाँ गएर गर्न पनि सकिन्छ नि ।
० भावि योजना के बनाउनु भएको छ ?
कलाकारिता क्षेत्रमा निरन्तरता दिएर लोक संगीत लाई बचाउदै यस क्षेत्रमा आएको विकृति लाई हटाई यस क्षेत्रमा मेहनत र लगाशिल भएर अगाडी बढ्नेछु ।
० पछिल्लो समयमा तपाईको कुन गित बजारमा देख्न सकिन्छ ?
“यो माया पिरती“ बोलको गित जसमा गीता देवी र पवन खतिवडा(म्यकुरी) को स्वर रहेको छ, जुन गित मेरो अभिनयमा
सार्वजानिक भैसकेको छ ।
० अब तपाईको कुन म्युजिक भिडियो बजारमा आउदै छ ?
मेलिना राई र राजेन्द्र धमलाको स्वरमा रहेको गीत “तिम्रो लागि“ जसमा लक्ष्मी दर्लामी मगर र महेन्द्र कुमार पुरीको अभिनय देख्न सकिन्छ । यस गितमा मेरो निर्देशन रहेको छ ।
० अन्तमा ?
अङ्ग प्रदर्सन होइन आफुमा भएको कला र गला लाई प्रर्दसन गरौ । एकले अर्काको कलाकारको सम्मान गरौ र लोकसंगीतको जगेर्ना गरौ भन्न चाहन्छु । साथै तपाई लगायत तपाईको मिडिया नव क्षितिज साप्ताहिक लाई धेरै धेरै धन्यवाद ।








