बिमल डाँगीको लय र गणेश चौलागाईंको शब्दमा रहेको गीत ‘कदम कदममा…’ सार्बजनिक भएको छ । पूर्णकला बि.सी र सुन्दर परियारको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोमा बिनोद भण्डारी र रुबिना अधिकारीको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन मोडल स्वयम् बिनोद भण्डारीले गर्नुभएको हो भने छायांकन राजेश घिमिरे र सम्पादन मनोज कार्कीको छ । प्रस्तुत गीत सुन्दर परियारको नाममा सार्बजनिक भएको हो ।