काभ्रेपलाञ्चोक, नेपाली गित संगित बजारमा नयाँ नयाँ कलाकार आउने क्रम जारी छ । एक पछि अर्को गरी दिन प्रतिदिन नयाँ नयाँ कलाकारहरुको अगमन भैरहेको छ । केही कला भएर आएका छन भने कोही कला बिना यस क्षेत्रमा प्रबेश गरेका छन् । यहाँ पैसा लगानी गरेर आउने कलाकारहरुको पनि कमी भने छैन । पछिल्लो समयमा त चलेका पुराना कलाकाकरहरु लाई पछि राख्दै टिकटक र सामाजिक संञ्जालमा भाइरल भएका नयाँ कलाकारहरु मात्रै देखिन्छन् । यतिबेला आफ्नो गित म्युजिक भिडियो चलाउनको लागी पुराना कलाकारले अहिले भाइरल भएका नव कलाकार लिनु पर्ने अवस्था रहेको छ । यसै बिचमा नयाँ नयाँ कलाकार आउने क्रममा काभ्रे जिल्लाको दोलालघाटमा ज्याम्दीमा जन्मनु भएको युनिशा रेग्मी पनि सानो उमेरमा नै कलाकारीता क्षेत्रमा प्रवेश गर्नु भएको छ । उहाँले अभिनय गरेको गित अहिले धेरै दर्शक श्रोताहरुले मन पराउनु भएको छ । पछिल्लो समयमा भाइरल सचिन परियार र अश्मिता अधिकारीको पहिलो गित के छ हजुरमा पनि युनिशा रेग्मीको अभिनय देख्न सकिन्छ भने हिड घुम्न जाँउमा पनि प्रमुख भुमिकामा देख्न सकिन्छ । नाच्न, खेल्न, घुम्न, अभिनय गर्ने मन पराउने रेग्मी आज भोलि गित संगितमा निकै व्यस्त हुनुहुन्छ । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले नव कलाकार युनिशा रेग्मीसँग गरेको छोटो अनि रमाइलो कुराकानी
० सानो उमेरमा नै मोडलिङ क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
म सानै देखि डान्स गर्न रुचाउथे अभिनय गर्ने मन लाग्थो मोडलिङ क्षेत्रमा एक्दमै चाहना थियो । स्कुलमा कार्यक्रम हुदाँ भाग लिने गरेको थिए । पछि बिस्तारै कलाकारीता क्षेत्र सँग सम्बन्धित मानिसहरु भेटन थालियो यस बाट झनै रुचि बढदै गयो । यसरी नै मोडलिङ क्षेत्रमा प्रवेश गरेको हो ।
० घर परिवारको कतिको साथ सपोर्ट छ ?
मलाई मेरो घर परिवार बाट पुरा साथ सपोर्ट छ । यदी परिवारको साथ नभएको भए म अहिले यहाँ सम्म आइपुग्ने थिइन् । पुरा साथ दिनु भएको छ ।
० अभिनय गर्न सिकेर आउनु भएको हो कि गर्दा गर्दै आएको हो ?
मैले हजुरलाई पहिला नै भनिसके मलाई सानो उमेर देखी नै गित संगितमा निकै रुचि थियो । सानो उमेर देखी नै डान्स गर्ने गरेको थिए स्कुलमा डान्स प्रतियोगिता हुदाँ पनि भाग लिने गरेको थिए ।
सानो उमेर देखीको चाहाना रुचिले गर्दा पनि मलाई खासै गार्यो भएन अभिनय गर्नको लागी तर अहिले भने फेरी डान्स क्लास जाने गरेको छु । अझै मैले केही सिक्नु पर्छ भनेर अभिनय सिकिरहेको छु ।
० मोडलिङ क्षेत्रमा लाग्ने सोच बिचार कहाँ कता बाट आयो ?
.मोडल बन्ने सानै देखि ठूलो सपना बोकेर बसेको थिए तर आफ्नो शिक्षा लाई पनि हर्नु पर्ने थियो । त्यसैले पहिला नै यो क्षेत्रमा नलागेको अब बिस्तारै आफ्नो पढाई सँग सँगै मोडलिङ क्षेत्रमा अगाडी बढने सोच बिचारको साथमा आएको छु ।
० कस्तो खालको गितमा अभिनय गर्न रुचाउनु हुन्छ ?
अभिनय गर्न त म सबै गितमा गर्छुृ एउटा कलाकार भएपछि सबै गितमा गर्नु पर्ने हुन्छ । बिशेष गरि मलाई काठे क्षेत्रको लोकदोहोरी, आधुनिक गित र डान्सिङ गित मन पर्छ ।
० पछिल्लो समयमा तपाईंले अभिनय गरेको कुन गित बजारमा देख्न सकिन्छ ?
पछिल्लो समयमा भाइरल सचिन परियारको के छ हजुर मा मैले अभिनय गरेको छु यो गित भर्खरै मात्र बजारमा सार्वजानिक भएको छ । छोटो समयमा नै धेरै दर्सक श्रोताहरु मन पराउदिनु भएको छ । मैले अभिनय गरेको अर्को गित चकचक्के माया बजारमा छिट्टै आउदै छ हजुर हरुले हेर्न सक्नु हुन्छ ।
० हाल सम्म आइपुग्दा कति गितमा अभिनय गर्नु भयो कति वटा गित बजारमा सार्वजनिक भएका छन ?
म यो क्षेत्रमा लागेको धेरै भएको छैन । आफ्नो पढाईको कारणले गर्दा समय दिन सकिएन म भर्खरै यस क्षेत्रमा आएको छु । छोटो समय दुई महिनाको अन्तरालमा आठ वटा गीतमा खेल्ने अबसर पाए र यस मध्य छ वटा बजारमा आइसकेको छ । अरु गित बजारमा आउने क्रममा छन् ।
० तपाईंले अभिनय गरेको चर्चाको गित कुन हो ? र त्यो गित बाट तपाईं लाई यसरी दर्शक श्रोताले चिन्ने अवसर पाए ?
मैले अभिनय गरेको सबै भन्दा बढी चर्चामा गएको गित के छ हजुर हो र त्यसपछी मेलम्चीको पनि लगाएत अरु गित हरु पनि चर्चामा नै छन् ।
० तपाईं कोहि कसैको प्रेरणा बाट गित संगीत क्षेत्रमा आउनु भएको हो ?
मलाई यो क्षेत्रमा कसैले ल्याएको होइन मैले सानै देखि बोकेर बसेको सपना इच्छालाई घर परिवारले पुरा गर्नुपर्छ भनेर हौसला दिनु भएको हो र यस क्षेत्रमा लागेको हुँ । गाउँको पढाई सकेर काठमाण्डौं आएको थिए काठमाण्डौ आएको भोली पल्ट नै आधुनिक गीतमा अफर आएर अभिनए गर्ने मौका पाए । त्यस गित बजारमा सार्वजानिक भए एक पछि अर्को गर्दै अबसर पाउदै गए ।
० गित संगीत क्षेत्र बाट जिबन चलाउन सकिदैन नि किन यस क्षेत्रमा आउनु भएको ?
म यो क्षेत्रमा आएर पैसा कमाउन सक्छु भनेर आएको होइन मेरो आफ्नो एउटै मात्र सपनालाइ पुरा गर्न सकौ भनेर यो क्षेत्रमा आएको हुँ ।
० गित संगीत क्षेत्रमा नव कलाकारले विकृति ल्याएका छन नि ?
सबैे आ आफ्नोे ढंगबाट अगाडि बडिरहेका छन । हुन त म सुरुमा यो क्षेत्रमा आउँदा लगानी गरेर त आएकी होइन तर यो क्षेत्रमा आजभोली कला र गला ले भन्दा नि कला नभएकोलाई पनि लगानी गरेपछी यो क्षेत्रमा सजिलै लाग्न सकिदो रहेछ भन्ने भैसक्यो । दिनका दिन एक पछि अर्को गर्दै नवकलाकार एक्दमै बढ्दो क्रममा आइरहेका छन तर कोहि आफ्नो कलाले अगाडि आइरहेका छन भने कोहि अलि फरक तरिकाले यो क्षेत्रमा अगाडि बढदा अलि अलि विकृति त आएको नै छ ।
० अब तपाईंले अभिनय गरेको कुन गित बजारमा देख्न सकिन्छ ?
चक्कचके माया बोलको गित अब छिटै बजार देख्न सकिन्छ ।
० भाबी योजना के बनाउनु भएको छ ?
म भर्खरै यस क्षेत्रमा आएको छु । अब केही गर्ने सोच बिचार छ । पढाई सँग सँगै मोडलिङ क्षेत्रलाई अगाडी बढाउने छु यो क्षेत्र बाट अब टाडा हुने छैन ।
० अन्तमा ?
अन्ततः मेरो एउटा लक्ष्य पूरा गर्दै छु र मलाई एक पछि अर्को गर्दै अबसर दिनुहुने सम्पुर्ण दादा दिदीहरुमा हृदय देखीनै सम्मान गर्न चाहन्छु र मलाई मेरो घर परिवारले पनि साथ दिनुभएको छ र त्यस्तै गरि सम्पुर्ण दर्शक श्रोताले पनि रुचाइदिनु हुन्छ भन्ने आशा छ अझै धेरै माया गरिदिनु होला भन्न चाहन्छु र कलाकार भएपछी कलाकारिता पनि देखाउनु पर्छ इज्जत मान मर्यादाका साथ अगाडि बढ्नुपर्छ भन्ने भनाइ मेरो हो र म पनि एउटा सहनशिल र असल कलाकार बन्न चाहन्छु ।

ं








