काभ्रेपलान्चोक – “राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल” भन्ने मुल नाराका साथ युनाईटेड एसोसियसन महाभारतले भलिबल कप २०७७ प्रतियोगिता गर्ने भएको छ ।
राष्ट्रिय स्तरमा खेलिदै आएको एक राष्ट्रिय खेल भलिबल पनि हो ” राष्ट्रका लागि खेल स्वास्थका लागि खेल” भन्ने मुल नाराका साथ युनाईटेड यसोसियसन महाभारत द्वारा निम्न समय र स्थानमा युनाईटेड कप माहाभारत गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
आयोजका अनुसार यहि फाल्गुन २७ गते बाट २९ गते सम्म पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । टिमले खेल खेल्न २६ गते सम्म आफ्नो टिम दर्ता गराई सक्नु पर्ने छ । भने टिम दर्ता शुल्क ३५०० आयोजकले जानकारी दिएको छ ।
आयोजकका अनुसार बिजेताहरु लाई प्रथम पुरस्कार ५०,००० ,द्वितीय पुरस्कार ३०,००० ,तृतीय पुरस्कार २०,००० हजार र चौथो सान्त्वना पुरस्कारको व्यवस्था गरेको छ ।








