बनेपा, पिपुल्स साकोसले संस्थाको १५ औं स्थापना दिवसको अवसर खुल्ला रक्तदान कार्यक्रम फागुन १५ गते, शनिबार, संस्थाको सेवा कार्यालय, बनेपा–८, चाँदनीचोकमा काभे्र रेडक्रसको प्रविधिक सहयोगमा सफलता पूर्वक सम्पन्न गरेको छ । रक्तदान कार्यक्रमा महिला १२ जना र पुरुष ३७ जना गरि जम्मा ४९ जना रक्तदाता सहभागी भई अमुल्य रक्तदान गरेका थिए । संचालक समिति, लेखा समिति, सल्लाहकार समिति, उप–समिति, कर्मचारी, शेयर सदस्य र अन्य संस्थासँग सरोकार राख्ने माहनुभावहरुको सकृय उपस्थिती रहेको रक्तदान कार्यक्रममा संस्थाका अध्यक्ष निरन शाक्यबाट रक्तदाता तथा रेडक्रसका प्राविधिकहरुलाई क्रमश प्रशंसा–पत्र र मायाको चिनो प्रदान गरिएको थियो । गत १२ औं स्थापना दिवस देखि गरिदै आयको यस कार्यक्रमलाई निरन्तरता दिने योजना संस्थाले लिएकोे छ । सोहि कार्यक्रमका विच समववेदना राहत पनि वितरण गरिएको थियो । उक्त कोषमा आवद्ध सदस्यको एकाघर परिवारका कुनै सदस्यहरुको दिवंगत भएको अवस्थामा संस्थाले राहत स्वरुप रु. ५,०००।– प्रदान गर्दै आएको छ । आ.व.०७६÷०७७ मा प्राप्त विवरणका आधारमा सो कार्यक्रममा उक्त राहत वितरण गरिएको थियो ।