काभ्रेपलाञ्चोक, नेपाली गित संगित क्षेत्रमा नयाँ नयाँ गित बजारमा सार्वजानिक हुने क्रम जारी छ । कोरोना भाइरस महामारीको अवस्थामा निकालिएको गित घैया मकैले निकै चर्चा कमायो । यसै गितको चर्चा पछि गायक राम शरण आले मगरले पिपल छायाँले बोलको गित सार्वजानिक गरे भने अर्का गायक राम शरण ढकालको हलेशी महादेव बोलको लोकदोहोरी गित सार्वजानिक भएको छ ।
हलेशी महादेव बोलको लोकदोहोरी गितमा पार्वती कार्की र राम शरण ढकालको आवाज रहेको छ । गितमा लय राजेन्द्र भण्डारीको रहेको छ भने शब्द उही गायक राम शरण ढकालको रहेको छ । गितको ऐरेन्ज महेश पृणले गरेका हुन ।
गितमा अभिनय पछिल्लो समयमा आफ्नो छुटै पहिचान बनाउन सफल मोडल तथा निर्देशक प्रकाश तामाङ, सुसिता तामाङ, दिपेश, सुजता, युबक आदीको अभिनय देख्न सकिन्छ । गितको भिडियो निर्देशन निरेन क्षेष्ठले गरेका हुन भने बिभिन्न रमणीय स्थानमा मुकेश हुमागाँईले छायाँकन गरेका छन् । श्रृगार कबिता तोलाङगीको रहेको छ भने सम्पादन डेबिड सिलवालले गरेका छन् । दृश्य निमार्ण डायनामिक मल्टिमिडियाले गरेको छ ।







