बनेपा, नेपाली गित संगित बजारमा धेरै जस्तो माया, प्रेम, बिछोड, मिलन, पिडा, दुख कष्टका गितहरु त बजारमा दिन प्रतिदिन आइरहेका छन् । यस्तै पछिल्लो समयका चर्चित गायक तथा सर्जक दिनेश श्रेष्ठले अहिलेको राजनितिक घटन क्रम लाई ध्यानमा राखी व्यंग्यात्मक राष्ट्रिय गित लिएर आउने भएका छन् ।
जुनै पार्टी सरकार आए पनि केही गर्न नसकेको कुराहरु उल्लेख गदै गित रेकर्ड गरिएको गायक तथा सर्जक दिनेश श्रेष्ठले नव क्षितिज साप्ताहिक लाई जानकारी दिएका छन् । उनी पछिल्लो समयका काठ क्षेत्रका निकै चर्चित गायक तथा सर्जक हुन् उनले र्सिजना गरेका गित अहिले टिकटक देखी लिएर सामाजिक संजालमा भाइरल छन् । एक पछि अर्को गरि उनले नयाँ नयाँ दर्शक श्रोताको मन मुटुमा बस्न सक्ने गित गाउने देखी लिएर र्सिजना समेत गरेका छन् ।
श्रेष्ठ गित संगित क्षेत्रमा लागेको धेरै समय भयो तर नेपालमा कोरोना भाइरस ंआयो सरकारले लकडाउन लगायो त्यस पछि गायक दिनेश श्रेष्ठले गायका गित र र्सिजना गरेका गित एकका एक भाइरल हुन पूग्यो । चौतर्पिm सामाजिक संचालमा देखीन लाग्यो यसरी एक पछि अर्को गरी उनले लिएर आएका गित भाइरल भए यही गितहरुको अपार सफलता पछि उनको अर्को राष्ट्रिय गित आउने भएको छ ।
नेपालको राजनितिक घटना क्रम र नेताहरु माथि व्यंग्यात्मक रुपमा प्रस्तुत भएर चर्चित गायिका प्रिति आले र उही गायक तथा सर्जक दिनेश श्रेष्ठको आवाजमा गित बजारमा आउन लागेको हो । गितमा लय तथा शब्द श्रेष्ठको नै रहेको छ भने एरेन्ज कृष्ण लामिछानेको रहेको छ । गित रेकर्ड मंगलम् रेकर्डिङ्ग स्टुडियोमा गरिएको छ ।









