काभ्रेपलाञ्चोक, नेपाली गित संगित बजारमा आउने क्रम जारी छ । कोरोना भाइरस पछि दिन प्रतिदिन नयाँ नयाँ म्युजिक भिडियोहरु सार्वजानिक भैरहेका छन् । काभ्रेको कोशिपारी भुम्लु गाँउपालिकामा जन्मनुभएको मोडल लक्ष्मण भण्डारी आजभोली गित संगित क्षेत्रमा निकै व्यस्त हुनुहुन्छ ।

भण्डारीको एक पछि अर्को गरी नयाँ नयाँ भिडियो सार्वजानिक हुने क्रम जारी छ । पछिल्लो समयमा भण्डारी बिभिन्न अर्वाड बाट पनि अवार्डट हुनु भएको छ । उहाँको अभिनयमा भर्खरै मात्र यो माया पिरती बोलको गित पवन खतिवडा युटुब च्यानल बाट सार्वजानिक गरिएको छ ।

यो माया पिरती बोलको गितमा पवन खतिवडा र गिता देवीको सुमधुर स्वरमा आवाज रहेको छ भने गिता देबीको शब्द र महेश नेपालको लयमा गित बजारमा आएको छ । गितको एरेन्ज बिष्णु तामाङले गरेका छन् । गितमा लक्ष्मण भण्डारी, पवन खतिवडा, राजन सिह, सुमित्रा खड्का को अभिनय देख्न सकिन्छ । यो माया पिरती बोल गितमा माया पिरतिको भर हुदैन भन्ने भाव बोकेको छ । गित माया पिरतिमा आधारित रहेर बजारमा आएको मोडल लक्ष्मण भण्डारीले जानकारी दिएका छन् ।https://www.youtube.com/watch?v=V0ZSZ6EyBYk&feature=share&fbclid=IwAR3UGeoeolxlETQANUY6f5ZB_Yd4iHdV6Av_GNe69ImctKfNbYC7sxjQdqw