काभ्रेपलान्चोक – मोडल आर्यन कार्कीको अभिनयमा एक पछि अर्को गर्दै नयाँ नयाँ म्युजिक भिडियो बजारमा सार्वजनिक भैरहेको छ । कार्कीको वियोगान्त मर्मस्पर्शी लोकदोहोरी गित “बोलाइदेउ मलामी ” केहि दिन अगाडि बाट सार्वजनिक भएको छ ।

आर्यन कार्कीसँग भिडियोमा अनु पराजुली देख्न सकिन्छ । माया प्रेममा आधारित गित निकै राम्रो बनेको मोडल कार्कीले जानकारी दिएका छन ।
गीतमा गायक सङ्गम थापा , दिनेश श्रेष्ठ र गायिका हिरा मगरको सुमधुर स्वर रहेको छ । गायक सङ्गम थापाको शब्द तथा सुशील शिङ्ह ठकुरीको लय रहेको गीतको एरेन्ज भने नारायण दङ्गालले गरेका हुन् ।

गितको म्युजिक भिडियो लाई मुकेश हुमागाई र सन्तोष तिमल्सिना रमणीय स्थानमा छायांकन गरेका छ्न । गितमा एक प्रेमी प्रेमिका छुटिनु पर्दा आफू बाच्न नसक्ने अबस्थामा पुगेको र बरु मर्नको लागी बिस सेवन गर्छु बिस किन्नको लागी पैसा देउ भन्ने भाब बोकेको छ ।

गीतको भिडियोको निर्देशन मिलन श्रेष्ठले गरेका छन भने गीत मिलन फिल्मस युटुब च्यानलबाट सार्बजनिक गरिएको छ। भिडियो हेर्नुस् : https://youtu.be/P5K52PgPxh0