काभ्रेपलान्चोक – २०४२ सालदेखि बागबजार स्थित ‘स्ट्यान्डर टेलर’ सञ्चालनमा ल्याएका दुर्गालाल प्रधानले आफ्ना ग्राहकका लागि बम्पर अफर ल्याएका छन् ।
काठमाडौंको मुटुमा रहेको स्ट्यान्डर टेलरले आफ्ना ग्राहकहरु लाई भारी अफर दिएको छ । पन्ध्र देखि बीस हजार पर्ने कोट पाइन्ट मात्रै छ हजारमा छानीछानी दिने गरेको व्यवसायी दुर्गालाल प्रधानले बताए ।
कपडा व्यवसायीको रुपमा आफ्नो परिचय बनाएका दुर्गालाल प्रधानको अर्को परिचय सिनेकर्मी पनि हो । सिनेमा क्षेत्रमा आफू जोडिए पनि ती काम नामको लागिमात्र भएको र घर, परिवार भने कपडा व्यवसायबाटै चलिरहेकोे उनले बताएका छन ।
कोरोना कहरका कारण व्यवसाय ठप्प छ । त्यसैले स्टक सामान पनि नरहने र आफुलाई पनि केही राम्रो हुने भन्दै उनले १५ हजार पर्ने सुटलाई ६ हजारमै ‘अफर’ दिएका छन् । आफैले कपडा छानेर होस् वा रेडिमेड, सबैमा उनले यस्तो अफर ल्याएका हुन् । पुरुषका सम्पूर्ण पहिरनमा अहिले अफर ल्याएका छौँ’, उनले भने ।
कोरोनाले ग्राहक तथा व्यवसायी सबैको अवस्था उस्तै भएकोले सबैको राहतका लागि आफुले यस्तो अफर ल्याएको उनले बताए । यो अफर २०७८ साल बैशाखको शुभकामना आदान प्रदान पश्चात सक्किने छ ।
कपडा ब्यवसायमात्र गरेको भए आफ्नो परिचय त्यतिमै सिमित रहने थियो, सिनेमा क्षेत्रमा लागेकोले आफ्नो चौतर्फि परिचय बनेको र देश, विदेश घुम्ने अवसर मिलेको भन्दै उनले खुशी ब्यक्त गरे ।







