शर्मिला हिम्मत
तिमी नै मेरो पूर्णता
पाप गरे वा पुण्य जीवनका हरेक रंगहरुमा यो मनले तिमीलाई मन परायो ।
बिना कुनै सोचे सम्झे नै मनमुटुले तिमीलाई आफ्नो गरायो ।। समर्पणसाथ साथै चल्छु भन्दा म आफैमा कहाँ कता बिलाएँ ।                                       त्यसैले त आज प्रिय! तिमीमा नै मैले आफ्नो पूर्णता पाएँ ।।

बिहानीको शिसेरोसंगै तिमीले स्पर्शको आभाष छायौ ।
हरेक बिधामा तिमीले प्रेमलील रंगहरु सिकायौ ।।
यो आँखाको हरेक दृष्यहरुमा तिमीलाई नै समाएँ ।
त्यसैले त आज प्रिय! तिमीमा नै मैले आफ्नो पूर्णता पाएँ ।।

प्रणयभिक्षा माग्छु सदा म तिम्रो प्रणयिनी बनी ।
प्रेमपास भन्दा अरु छैन कुनै चाहना अनि आकांक्षा भनि।खुशीको संसार तिमी नै मेरो, प्रेमपात्र मैले तिमीलाई बनाएँ ।त्यसैले त आज प्रिय! तिमीमा नै मैले आफ्नो पूर्णता पाएँ ।।तिमीसँग मैले बिपनामा पनि सपना नै मागेँ ।आफ्ना कल्पनाहरुलाई तिम्रोसाथ सगर चुम्न उडाएँ ।।तिम्रो नजरको एक हेराईमा आफै अनायासै लाली सजाएँ ।                                               त्यसैले त आज प्रिय! तिमीमा नै मैले आफ्नो पूर्णता पाएँ    !!                                                    प्रणय दिवसको शुभकामना !!!