काभ्रेपलान्चोक – काठमाडौंको कमलादीमा एक कार्यक्रमका बिच गौतम बन्धु कलाकार समाजको भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न जिल्लाका अग्रज कलाकारहरुको उपस्थिति रहेको थियो । 

गाैतम बन्धु कलाकार समाजकाे परिचयात्मक भेला कार्यक्रममा कमलादी, जननी नेपालमा भएको कलाकार सबिन गौतमले जानकारी दिए ।

परिचयात्मक भेला कार्यक्रममा गौतम बन्धु कलाकारको राम्रो उपस्थिति रहेको काभ्रेका अर्को कलाकार बिक्रम गौतमले बताए । सम्पुर्ण गौतम बन्धु कलाकारहरु अब एक जुट भएर लाग्नको लागि पहल समेत गरिने भएको छ साथै अब छिटै गौतम बन्धु कलाकार समाजले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको छ ।