काभ्रेपलाञ्चोक, घैया मकैको अपार सफलता पछि फेरी पनि गायक राम शरण आले मगरको पिपल छाँयाले बोलको लोक दोहोरी गित बजारमा सार्वजानिक भएको छ । लकडाउनको समयमा निकालिएको घैया मकै दश करोड भ्युज पुग्न लागेको छ । यँही गितको अपार दर्शक श्रोतको माया पछि फेरी नयाँ जोस जाँगरको साथमा गित  बजारमा लिएर आएका छन् ।

नेपाली गित संगीतमा लकडाउन र कोरोना भाइरसले धेरै प्रभाव पार्यो यसै बिचमा निकालिएको थियो घैया मकै पछि बिस्तारै बिस्तारै नयाँ नयाँ गित आए पनि बजार तताउन सकेन्न केही दिन अगाडी मिन्सु इन्टरटेनमेन्ट युटुब च्यानल बाट राम शरण आले मगरको पिपल छाँयाले बोलको गित बजारमा आएको छ ।

पछिल्लो समयमा निकै चर्चा कमाउन सफल र भर्खरै भएको ज्योति फिल्मस म्युजिक अवार्ड बाट पनि अवार्डट रामशरण आले मगर र मेनुका परियारको आवाजमा गित बजारमा आएको हो । पिपल छाँयाले गीतलाई युट्युबमा सार्बजनिक भएको छोटो समयमा नै अशंख्य श्रोता तथा दर्शकहरुले आफ्नो उच्च रोजाईमा पारिसकेका छन्

यस गितका गायक रामशरण आले अहिले नेपाल सरकारको सेवामा रहेका छन् । यसरी आफ्नो जिबन सरकारी नुन खाँदै बिताईरहेका उनले यस अघि पनि थुप्रै गीतहरुमा आफ्नो सिर्जना तथा सुमधुर स्वर मिश्रण गरेर बजारमा पठाईसकेका छन् ।

यस गीतलाई पनि पुनः मन पराएर सल्लाह सुझाब दिनुहुन सम्पूर्ण दर्शक श्रोता अग्रजहरुमा विनम्र अनुरोध गर्दै रामशरण आले मगरले गित निकै राम्रो भएको ले पनि हेर्न आग्रह गरेका छन । यसै गरी पिपल छाँयाले गितमा लय मोहन खडका, शब्द बिमला भुजेल, एरेन्ज बिष्णु तामाङ, स्टुडियो शंकरा डिजिटल रहेको छ ।

पिपल छाँयाले गितमा अभिनय बिमल अधिकारी र आयुष्मा कार्कीको रहेको छ भने निर्देशन प्रबिन थापा, छाँयाकन बिरेन्द्र भाट, सम्पादन शक्ति प्रज्जवल घिमिरेले गरेका छन् ।