लामो समय आधुनिक गायन र शास्त्रीय सङ्गीतको यात्रामा रहेकी गायिका बसन्ता प्रकृतिले प्रकृति साडी एण्ड कुर्ता कलेक्शन सञ्चालनमा ल्याएकी छन् । काठमाडौं २९ मैतिदेवीमा गायिका प्रकृतिको साडी कलेक्शनलाई शास्त्रिय सङ्गीतका गुरु तथा बरिष्ठ सङ्गीतकार चण्डीप्रशाद काफ्लेले एक कार्यक्रमकाबीच उद्घाटन गरेका थिए ।

गायनसँगै व्यवसायीकरुपमा अघि बढेकी गायिका प्रकृतिले यसअघि काठमाडौंको पुतलि सडकमा बुटिक सञ्चालन गर्दै आएकी थिइन । कलेक्शनको उद्घाटन गर्दै प्रमुख अतिथी काफ्लेले व्यवसायीकरुपमा अघि बढेका अधिकांस कलाकार स्थापीत भएका बताए ।

व्यवसायले आत्मविश्वास बढ्ने र साङ्गीतिक क्षेत्रमा स्थापित हुन सहज हुने गरेको प्रतिकृया दिए । उनले भने अहिले नेपाली साङ्गीतिक बजार महङ्गो भएको र अधिकांश राम्रा प्रतिभा आर्थिक अभावकै कारण पछि पर्ने गरेको भन्दै यस प्रकारका व्यवसायले साङ्गीतिक यात्रामा सहज हुने बताए । त्यसमा पनि महिला कलाकारहरू आर्थिक अभावका कारण नै आफ्नो प्रतिभा बाहिर ल्याउन नसकेको भन्दै यसले अन्य कलाकारहरूलाई सिकाइन हुने बताए ।

कोरोना भाइरस जोखिमका बीचमा सञ्चालनमा ल्याइएको यस व्यवसायलाई सबैले सहयोग र साथ दिन आग्रह गर्नुभयो । कलेक्शनको उद्घाटनमा गायिका बसन्ता प्रकृतिले व्यवसायले साङ्गीतिक यात्रामा सहज हुने प्रतिक्रिया दिइन । अहिले कोरोना भाइरसका कारण थला परेको नेपाली साङ्गीतिक बजारमा सहकार्य गर्न व्यवसाय सञ्चालन गरेको बताइन ।

व्यवसायलाई प्रवृधिमैत्री बनाउन अनलाइन पनि छिटै सुरु गर्ने उनले बताइन । उनले अहिले वेभ डिजाइनको काम भइरहेकाले केही समयमा अनलाइनबाट सेवा सुरु गर्ने उनको भनाई थियो । सेवा दिने सानो लगानीमा सुरुभएको व्यवसायलाई काठमाडौंका अन्य स्थानमा पनि यसको शाखा विस्तार गर्ने योजनामा रहेको बताइन ।

उद्घाटन कार्यक्रममा उपस्थित सङ्गीतकार मथुरा श्रेष्ठले गायिका बसन्ता प्रकृतिको व्यवसायले अन्य कलाकारलाई सिकाइ हुने विश्वास व्यक्त गरे । गायिका शहिमा श्रेष्ठ, शीर्ज‘ अघिकारीलगायतका कलाकारहरूले व्यवसायले आफूहरूलाई पनि थप उर्जा दिएको बताए । व्यवसायको सफलताको शुभकामना दिदै गायिका श्रेष्ठले महगो साङ्गीतक बजारमा प्रतिस्पर्धा गर्न थप उर्जा मिल्ने बताइन ।

अहिलेको बजार धेरै महङ्गो भएका समयमा आफ्नै व्यवसायबाट सङ्गीतलाई निरन्तरता दिन टेवा पुग्ने उनको भनाई थियो । अर्की गायिका अधिकारीले साङ्गीतीक बजारमा प्रतिस्पर्धा गर्न आफूले पनि सानो व्यवसाय सञ्चालन गरेका एक अर्काको सहयोग र साथ भए महिला कलाकारलाई आत्मनिर्भर बनाउने बताइन ।

उद्घाटन कार्यक्रममा उपस्थित पत्रकार गीत अधिकारी, उमा केसी, सूर्यचन्दले व्यवसायको सफलताको शुभकामना दिएका थिए । मोडल सञ्जय विक्रमले व्यवसायिक सोचका साथ अघि बढे राम्रा प्रतिभाको विकास हुने बताए । गायिका प्रकृतिले एक महिना कलाकारहरूका लागि विशेष छुटमा सामान उपलव्ध गराउने प्रतिवद्धता जनाइन । कलेक्शनले एक महिना भारी छुटमा सेवा दिने सञ्चालिका गायिकाको भनाई छ ।