काभ्रेपलान्चोक – तामाङ समुदायको साँस्कृतिक पर्व सम्बत २८५७ लाङ (म्हे) ल्हो सोनाम ल्होछारको अवसरमा चौरीदेउराली गाउँपालिकामा बृहत ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम चौरी देउराली ७ मा गर्न लागेको आयोजक पक्षले जानकारी दिएको छ ।
फागुन १ गते चौरी देउराली गाउँपालिकाको आयोजनामा उक्त कार्यक्रमक हुन लागेको हो । आफ्नो धर्म, भाषा, कला र साँस्कृतिको जगेर्ना गरौं भन्ने मुला नाराका साथमा कार्यक्रम हुन लागेको आयोजकले जानकारी दिएको छ । कार्यक्रमको प्रमुख अतिथि पुर्व मन्त्री हित बहादुर तामाङको साथै विशेष अतिथिमा गाउँपालिका प्रमुख दिनानाथ गौतम र लामा गुरु धावा साङ्बो रहने छन्
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने जानकारी आए पनि स्थानीय कलाकार ओझेलमा परेको देखिन्छ ।








