बनेपा, काभ्रेटाइम्स साप्ताहिकका कार्यकारी सम्पादक तथा रेडियो एवीसी एफ.एम. ८९.८ मेगाहर्जका स्टेशन म्यानेजर रमेश प्रसाद न्यौपाने सम्मानित भएका छन ।
सहयात्री दपर्ण नेपालको अध्यक्ष गोविन्द कँडेल आँसुबाट सम्पादन गरिएको रञ्जना कार्कीद्वारा लिखित उपन्यास प्रेमको महासागर पुस्तक विमोचन कार्यक्रममा शनिवार न्यौपानेलाई सम्मानित गरिएको हो । विगत २२ वर्ष देखि काभ्रेटाइम्स साप्ताहिकमा र १४ वर्ष देखि रेडियो एवीसी एफ. एम.मा कार्यरत रहेर नागरिकहरुलाई सूसूचित गर्न भूमिका खेलेकोमा सम्मान पत्र सहित संस्थाले सम्मान गरेको हो । होटल हार्दिक काठमाण्डौँमा एक कार्यक्रम बिच कवि, साहित्यकार र सञ्चारकर्मी डा.नवराज लम्सालले पुस्तक विमोचन गर्दैे सहित्य र उपन्यास लेखनले मानवीय जीवनलाई श्रृजनशीलतामा डो¥याउने र सामाजिक चेतना फैलाउनुका साथै समाज रुपान्तरणमा सहयोग पु¥याउने बताए । कार्यक्रममा उपन्यास लेखकका पिता ध्रुव बहादुर कार्की, माता कमलादेवी कार्की र कर्ममाता अधिकारी समालोचक महेश पौडेल, राधेश्याम लेकाली लगायतको आतिथ्यतामा रहेको थियो । स्वास्थ्यकर्मी, समाजसेवी अर्जुन बहादुर दाहाल, सञ्चारकर्मी रमेश प्रसाद न्यौपाने, संगीतकार राजेश थापा, सञ्चारकर्मी राज लुइटेल, समाजसेवी सूर्यकला आचार्य र उपन्यास लेखक रञ्जना कार्की र गीताकुमारी राउत र अनुसिका अधिकारी लगाएतलाई सम्मान गरिएको थियो । कार्यक्रमको सभापतित्व सहयात्री दर्पण नेपालका अध्यक्ष गोविन्द कडेल आँसुले गरेका थिए ।