बनेपा, नेपाल पुस्तक तथा स्टेसनरी ब्यबसायि महासघ जिल्ला शाखा काभ्रेको छैठौ बार्षिक साधारणसभा तथा पाँचौ जिल्ला अधिबेशन भिम प्रसाद आचार्यको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
शनिबार समर  प्यालेस रिसोर्ट जनागालमा सम्पन्न अभिबेशनले आचार्यको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्वत निर्माण गरेको हो । जसको उपाध्यक्षहरुमा हरिप्रसाद धिताल र रामकुमार आचार्य, सचिबमा राजन श्रेष्ठ, कोषाध्यक्षमा युवराज प्याकुरेल, सह–सचिबमा जिवन कुमार श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यस्यहरुमा राजन श्रेष्ठलगायत रहेका छन् ।
अधिवेशनको उद्घाटन केन्द्रिय अध्यक्ष मनोहरी बस्यालले गरेका थिए । कार्यक्रममा पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापा, धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष मञ्जु कोजु, काभ्रे उद्योग बाणिज्य संघका महासचिब कैलास पलान्चोके, पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमिल्सना, प्याव्सन काभ्रे अध्यक्ष पुर्ण श्रेष्ठ, एन प्याव्सन काभ्रे अध्यक्ष रामप्रसाद तिमल्सिनालगायतले बोलेका थिए ।
अध्यक्ष कृष्णराम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भिमप्रसाद आचार्यले स्वागत, सचिव हरिप्रसाद धितालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत र कार्यक्रम सञ्चालन, कोषाध्यक्ष रामकुमार आचार्यले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।