केही दिनदेखि परिवारबाट सम्पर्कविहिन रहेका उनी अफिसमा भित्रबाट चुक्कुल लगाएर घाँटीमा खादाको पासो लगाएर पंखामा झुण्डिएको अवस्थामा फेला परेका म्युजिक निर्देशक तथा मोडल भुवन श्रेष्ठ मुस्कानले जानकारी दिएका छन् ।
उनको शवलाई आजै त्रिवि शिक्षण अस्पतालमा पुर्याइएको छ । उनको शवलाई भोलि अन्तिम संस्कार गरिने बताइएको छ । परिवारसँग २ दिनदेखि सम्पर्क विहिन भएका उनकी श्रीमतीको आग्रहमा खोजतलास गर्दा उनकै सहकर्मीले अफिसमा मृत फेला पारेका थिए ।
अधिकारीले दुई फिल्म र ३ दर्जनभन्दा बढी म्युजिक भिडियो छायाँकन गरेका छन् । उनी जेसिका फिल्मस् प्रालिका प्रोपाइटर समेत हुन् । सभार रातोपाटी









