नेपाली गित संगित उकालो लाग्ने क्रममा केही दिन अगाडी मात्रै एउटा निकै अशा लाग्दो लोक दोहोरी गितको सुटिङ सम्पन्न भएको छ । ओइ ठुली बोलको गित लाई यति बेला टिकटकमा निकै रुचाइएको छ । काठमाण्डौको रमणिय स्थानमा केही दिन अगाडी मात्रै ओइ ठुली बोलको गितको सुटिङ सम्पन्न भएको हो ।
काँठ क्षेत्रको गित संगितलाई निरन्तरता दिदै लोक दोहोरी गायक दिनेश श्रेष्ठले पुनः अर्को गित बजारमा सार्वजनिक गर्न भएका छन् । दिनेश श्रेष्ठको लय तथा शब्दमा ओइ ठुली बोलको गित बजारमा आउन लागेको हो । यसरी गित आउनु भन्दा अगाडी नै टिकटकमा निकै रुचाइएपछि गितले एक चोटि बजार तताउनेमा गायक तथा सर्जक दिनेश श्रेष्ठ बिश्वस्त छन्
गितमा समिर परियार र प्रतिमा अर्यालको आवाज रहेको छ भने म्युजिक भिडियोको निर्देशन र छाँयाकन जनक राज अधिकारीले गरेका छन् । यस गितको रेकर्ड भने मंगलम स्टुडियो बाट गरिएको छ । गितमा अभिनय अरबिन्द्र गौतम दिपेन्द्र श्रेष्ठ, प्रनिता केसि र सम्झनाले गरेका छन् ।








