काभ्रेपलान्चोक – हाँस्यकलाकार गोपाल ढकाल(छन्दे)द्धारा निर्देशन गरिएको र संचारकर्मी राज लुईटेल द्धारा वियोगान्त कथामा निर्मित “जुन दिन मलाई” बोलको आधुनिक गीतको म्युजिक भिडियो यहि माघ २३ गते शुक्रबार युट्युब छन्दे च्यानलबाट दर्शक,श्रोतामाझ आएको छ । एभरग्रीन वल्र्र्ड वाईड ईन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस गीतलाई काठमाण्डौँका बिभिन्न स्थानमा छायांकन गरिएको छ ।
गायक कृष्णराज भण्डारीको स्वर,शब्द,संगीत रहेको गीतको मुख्य भुमिकामा संजित भण्डारी,श्रीदेब भट्टराई तथा नव मोडल चन्दा कुईकेल रहेका छन् अन्य कलाकारहरुमा प्रेम पाण्डे,रोहित कार्की,शुशिला बिडारी आदि रहेका छन् ।
यस गीतको भिडियोमा तारा थापा(किम्भे)को सम्पादन, हर्कमान वाईवा (रिदम)को छायांकन, युमिशा पाण्डेको श्रृङ्गार, मनोज ढकालको प्रकाश व्यबस्थापन रहेको छ । अडियो तर्फ सबिन लिम्बुको म्युजिक एरेन्ज, राजा बाबु,अजय कार्की रेकर्डिस्ट, चन्द्र चौधरीको मिक्सिङ्ग रहेकोे छ भने अकेस्टिक रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको यो गीतको पोस्टर डिजाईन आई क्याच स्टुडियोले गरेको छ ।
माया बोलिमा होईन व्यवहारमा देखाउनु पर्छ भन्ने मूल मर्मका साथ बनेको यो गीतलाई वास्तविकता एल्बममा समाबेश गरिएको छ भने दर्शकहरुले अवस्य मन पराउने कुरामा निर्माण पक्ष ढुक्क छ ।