काभ्रेपलाञ्चोक, नेकपाका नेता तथा समाजसेवी मुक्ति बिष्टलाई सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २७ औँ स्थापना दिवसको अवसरमा सम्मान गरेको छ ।
कोभिड १९ को प्रभावको समयमा गुर्जो वितरण अभियानमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएका युवा समाजसेवी एवं संस्थाका बनेपा सेवा केन्द्र सञ्चालन तथा ब्यवस्थापन उप समिति संयोजक मुक्ति विष्टलाई सम्मान गरिएको हो ।
कोरोना भाइरस कोभिड १९ का कारण बिश्व नै आक्रान्त भैरहेको समयमा संक्रमित र संक्रमणको उच्च जोखिममा रहेका ब्यक्ति, समुदाय र संघ संस्थाहरु लाई निडरताका साथ रोग प्रतिरोधात्मक शक्ति प्रवर्द्धन बहुआयामिक आयुर्वेदिक जडिबुटी गुर्जो परामर्श सहित वितरण गरि समाज सेवामा दिनरात नभनि लागिरहेको कारण बिभिन्न संस्था बाट समाजसेवी मुक्ति विष्ट सम्मानित हुने कार्य जारी छ ।
समाज सेवामा आफ्नो जिवनकालको अमुल्य समय योगदान गरी सबल र सुरक्षित संस्था सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को बनेपा सेवा केन्द्र सञ्चालन तथा ब्यवस्थापन उपसमितिको संयोजकको भुमिकामा रहनु भएर संस्था लाई पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
विश्वमा फैलिएको कोरोना भाइरसको महामारीमा कोरोना संक्रमित लाई कोरोना भाइरस बाट बच्न र क्षमता वृद्धि गर्नका लागि अहोरात्र खटिएर गुर्जो वितरण गदै आउनु भएको गुर्जो अभियान्ता मुक्ति विष्ट फेरी पनि दुई लाख बिरुबा निशुल्क वितरण गर्ने हामी लाई जानकारी दिनुभयो ।







