काभ्रेपलाञ्चोक, गुल्मीको पौदी अमराई अरेवा जन्मनु भएको गायक प्रितम पाठक आजभोली आफ्नो काममा निकै ब्यस्त देखीनु हुन्छ । कोरोना भाइरस महामारीका कारण गित संगित क्षेत्रमा पनि नराम्रो असर गर्यो । कति पय गायक गायिका मोडल नायक कलाकारहरु लाई बाच्न नै कठिन भयो । बिस्तारै कोरोना भाइरसमा कमी आउन थालेपछी गित संगित क्षेत्र पनि उकालो लाग्दै छ । बजारमा नयाँ नयाँ गितहरु देखीन थालेका छन् । बजारमा आएका गितहरु कतिले त बजार नै ततायका छन् भने कतिपय गित आउनमा नै सिमित छन् ।
पछिल्लो समयमा गायक प्रितम पाठकले गाउनु भएका गित पनि र्दशक श्रोताको मनमा बस्न सफल भएको छ । सानै उमेर देखी गित गाउने पाठकको कर्म थलो भने बुटवल रहेको छ । गित गाउन, अभिनय गर्ने, घुम्न मन पराउने गायक पाठकको हाल सम्म नि वटा गित बजारमा देख्न सकिन्छ । सम्झना भण्डारी सँगको आवाजमा गिठ्ठा भ्याकुर कमेडी लोक दोहोरी गित बजारमा ल्याउनु भएको छ भने कृष्णा परियार सँग उँही गायक पाठकको अर्को गित छाती जल्छ बजारमा आइसकेको छ । प्रस्तुत छ नव क्षितिज साप्ताहिको लागी अरबिन्द्र गौतमले गायक प्रितम पाठक सँग गरेको रमाइलो कुराकानी
० सुरुको अवस्था बारेमा बताउनु पर्दा कसरी कलाकारिता क्षेत्रमा प्रवेश गर्नुभयो ?
मलाई सानौ देखी गित गाउन, अभिनय गर्ने मन लाग्थो , स्कुल अवस्थामा नै गित गाउने गरेको थिए । गाउँमा हुदाँ मेला महोत्सव तिर दोहोरी पनि गाउँथे पछि बिस्तारै गित संगितमा रुचि बढदै गयो । यस क्षेत्रमा लागेका कलाकारसँग पनि भेट भयो उहाँ हरुले गित राम्रो गाउनु हुन्छ भनेर मलाई अफर गर्नु भयो अनि गित गाउने अवसर मिल्यो ।
० गित संगीत क्षेत्रमा लाग्ने सोच बिचार कता बाट आयो ?
सानै देखी गित गाउँने गरेको थिए पछि बिस्तारै गित संगितमा रुचि बढदै गयो मैले गाएको गित राम्रो लागेर मलाई अफर गर्नु भयो अनि मैले गित गाए मेरो पहिलो गित आज भन्दा सात आठ वर्ष अगाडी देबी घर्तीसँग काल्ले साचुन्जेल नसकेनी हँसाउन मायालाई पार्न छैन रुन बाचुन्जेल लोक दोहोरी गित बजारमा आएको थियो । यस गितलाई पनि धेरै दर्शक श्रोताले मन पराइदिनु भएको छ ।
० तपाईं कस्तो खालको गायक हो ?
खासमा भन्नु पर्दा म लोक दोहोरी गित बढि गाउने गर्छु । लोक दोहोरीमा पनि कमेडी र माया पिरतीको गित अल्लि बढि गाउने गरेको छु ।
० पछिल्लो समयमा तपाईंको कुन गित बजारमा देख्न सकिन्छ ?
सम्झना भण्डारी सँगको आवाजमा गिठ्ठा भ्याकुर कमेडी लोक दोहोरी गित बजारमा आएको छ अब अरु नयाँ गित आउने तयारीमा छ ।
० हाल सम्म आइपुग्दा कति गित गाउनु भयो कति वटा गित बजारमा सार्वजनिक भएका छन ?
गाउन त मैले पाँच सात वटा नै गाए तर बजारमा भने तिन चार वटा गित मात्र आएका छन् । केही गित सुटिङ्गको क्रममा छन भने केही गित बजारमा आउने तयारीमा छन् ।
० तपाईंले गाउनु भएको सबैभन्दा चर्चाको गित कुन हो ? र त्यो गित बाट तपाईं लाई यसरी दर्शक श्रोताले चिन्ने अवसर पाए ?
पछिल्लो समयमा बजारमा आएको सम्झना भण्डारी सँगको आवाजमा गिठ्ठा भ्याकुर कमेडी लोक दोहोरी गित र कृष्णा परियारसँगको आवजमा अर्को गित छाती जल्छ लाई पनि निकै दर्शक श्रोताले माया गरी दिनु भएको थियो । यस बाट चर्चा कमाएको थिए ।
० तपाईं कोहि कसैको प्रेरणा बाट गित संगीत क्षेत्रमा आउनु भएको हो ?
पहिला पहिला रेडियो टिभीमा धेरै नै गित सुन्ने गरेको थिए त्यो सुन्दा आफुलाई पनि गित गाउन मन लाग्थो । सानो उमेर देखी नै गित गाउन रुचि भएकोले गाँउमा मेला महोत्सब तिर बिबाह पुजा तिर गाउने गरेको थिए । पछि बिस्तारै यस क्षेत्रमा लाग्ने अवसर मिल्यो अनि लागे ।
० गित संगीत क्षेत्र बाट जिबन चलाउन सकिदैन नि किन यस क्षेत्रमा आउनु भएको ?
जिबन चलाउन सकिदैन भन्दैमा नआउने भन्ने छैन सबैको इक्षा चाहाना एउटै हुदैन सबै कुरा लाई पैसासँग तुलना गर्ने पनि मिल्दैन । आफ्नो इक्षा चाहाना पुरा गर्नको लागी आएको हो ।
० गित संगीत क्षेत्रमा नव कलाकारले विकृति ल्याएका छन नि ?
सबै लाई त्यस्तो भन्न मिल्दैन किनकी सबै त्यस्ता पनि हुदैन्न् विकृतिहरु त पछिल्लो समयमा आएको नै हो । सबै लाई मेरो अनुरोध छ । यस्ता विकृति ल्याउने खालको क्रियाकलाप नगरीदिनु होला सोच बिचार गरेर मात्रै यो क्षेत्रमा आउनु नराम्रो काम नगरिदिनु भन्न चाहान्छु । हामीले विकृति ल्याउने, छाडा गितहरु लाई बहिस्कार गर्नूपर्छ अनि मात्रै ठिक हुन्छ ।
० आजभोलि गितसंगीत क्षेत्रमा पैसा लगानी गरेर कलाकार बन्ने धेरै छ्न यस्ता मानिसहरु लाई तपाईंको सुझाव ?
आफु सँग कला क्षमता छैन भने पैसा लगानी गरेर नआउनु भन्न चाहान्छु । यो क्षेत्र बाट बाच्न सकिदैन । बस इक्षा चाहाना रुचि पुरा मात्रै गर्ने हो अरु हुनेवाला केही छैन । तपाईसँग राम्रो क्षमता छ भने मात्रै आउनु होला नत्र नआउदाँ नै ठिन हुन्छ भन्न चाहान्छु ।
० अब तपाईंको कुन गित बजारमा देख्न सकिन्छ ?
अब मेरो छिटै गायिका सुमित्रा सत्याल सँग मैले गाएको माया पिरिममा आधारित गित बजारमा आउदै छ । गित निकै राम्रो बनेको छ सबैलाई हेरिदिन आग्रह गद्र््छु ।
० भाबी योजना के बनाउनु भएको छ ?
गित संगित क्षेत्र बाट नै अगाडी बढने योजना बनाएको छु । नयाँ नयाँ गित बजारमा लिएर आउन्ने नै छु । कतिको सफलता पाइन्छ त्यो त भबिष्यमा थाहा नै होला गित संगित बाट टाडा भएर बस्न सक्दिन यस क्षेत्र बाट नै अगाडी बढि रहन्छु जुन दिन सम्म सफलता हात पदैन त्यो दिन सम्म लडिरहन्छु ।
० अन्तमा ?
तपाई लगायत तपाईको मिडियालाई धेरै धेरै धन्यबाद दिन चाहान्छु । मेरो केही मनको कुरा राख्ने मौका दिनुभएकोमा अब मेरो गितहरु बजारमा आउने क्रम जारी छ सबै र्दशक श्रोताहरु लाई हेरिदिन माया गरिदिन आग्रह गर्दछु । अहिले सम्मका गितहरु लाई माया गरिदिनु भएको छ अब पनि माया गरिदिनु होला ।








