हालै सम्पन्न नेशनम क्यापिटल अवार्डको सातौं संस्करणमा एड्भेन्चर स्टार गौतम खाती बेस्ट मोडेल अवार्डबाट पुरस्कृत भएका छन ।
कार्यक्रम क्यापिटल इन्टरटेन्टमेन्ट तथा शुभकामना मिडिया सोलुसनको संयुक्त आयोजनामा आयोजनामा मानानीय सञ्चार मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा तथा संगीत सम्राट शम्भुजित बास्कोटाको बिशेष आतिथ्य, अतिथि तथा मिडियाको उपस्थीति माझ सम्पन्न भएको हो ।
कार्यक्रममा एड्भेन्चर स्टार गौतम खातीलाई प्रमुख अतिथि पार्वत मानानीय सञ्चार मन्त्री पार्वत गुरुङज्यु, बिशेष अतिथि, संगीत सम्राट शम्भुजित बास्कोटा, आयल निगमका पुर्व अध्यक्ष, गायक तथा समाजसेवी सिताराम पोखरेलको हातबाट ‘यो मुटुमा तिम्रै नाम’गीतको म्युजिक भिडियोबाट वर्षकै ‘बेस्ट मोर्डन म्युजिक भिडियो मोडेल’बाट ससम्मान पुरस्कृत गरिएको थियो ।
खातीले यस्अघि पनि तीन दर्जन बढी म्युजिक भिडियो तथा एड्भेन्चर्स काम गरी देश विदेशमा आफ्नो नाम राख्न सफल भईसकेका छन ।
खातीले यही वर्ष संसारकै दोश्रो अग्लो बन्जी जम्पबाट जम्प गरेर रेकर्ड कायम गरेका थिए भने वि स २०७५ सालमा १५००० फिट माथिबाट ब्ल्याक बेल्ट ड्रेस लगाएर बिना अक्सिजन र प्रोटेक्सन हाम्फालेर विश्व रेकर्ड कायम गरेका थिए








